काँकरभिट्टास्थित देवकोटा पार्क सरसफाई

0
1964

मेचीनगर,

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पूर्वसन्ध्यामा शनिबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको देवकोटा पार्कको सरसफाई गरिएको छ ।

काँकरभिट्टास्थित देवकोटा पार्क व्यवस्थापन समिति तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समितिले संयुक्तरुपमा आयोजना गएिको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी मेची सामुदायिक प्रहरी सेवा केन्द्रसहित स्थानीयले सहभागिता जनाएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दकुमार कार्कीको नेतृत्वमा दर्जनबढी प्रहरी देवकोटा पार्कको सरसफाईमा जुटेको थियो भने त्यति नै संख्यामा सशस्त्र प्रहरी रहेको थियो । सरसफाई टोलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकसमेत सफाई गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती मुल आयोजक समितिका अध्यक्षता बालकृष्ण थापाले विगत वर्ष झै यसवर्ष पनि महाकवि देवकोटाको जन्म जयन्ती भव्य र सभ्यरुपमा आयोजना गरिएकाले सरसफाई, रंगरोगनमा जुटेको बताउनुभयो ।

अहिले मञ्चलगायत प्रवेशद्वार सिगार्ने काम भइरहेको अध्यक्ष थापाको भनाई छ । उहाँले यो पार्क संरक्षणका लागि सवैक्षेत्रको उत्तिकै सहयोग रहेको बताउनुभयो । उहाँका अनुसार देवकोटा जयन्ती भव्य र सभ्यरुपमा सम्पन्न गर्न सात सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here