बिर्तामोड,

पौड्याल वंशोद्वार बिर्तामोड नगर समितिको छैटौं साधारणसभा सम्पन्न भएको छ ।
पौड्याल वंशोद्वार बिर्तामोड नगर समितिका अध्यक्ष कमलप्रसाद पौड्यालको अध्यक्षता तथा संस्थाका केन्द्रीय उपाध्यक्ष प्रह्लाद पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिप्रसाद पौड्यालले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव युवराज पौड्याल, केन्द्रीय सचिव दुर्गाप्रसाद पौड्याल, जिल्ला सचिव नेत्रप्रसाद पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोडनगरका पौड्याल वन्धुका ज्येष्ठ बलराम पौड्याल, हरिमाया पौड्याल, असल बुहारी धर्मकुमारी पौड्याल, एसईईमा उत्कृष्ट अंक ल्याउने सौगात पौड्याल र रक्षा पौड्याललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष सुष्मा पौड्यालले छ लाख ६९ हजार पाँच सय ६८ रुपैयाँको आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन पौड्याल वंशोद्वार बिर्तामोड नगर समितिका सचिव पारस पौड्यालले गरेका थिइन् ।































