सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

0
474

बलेवा,

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरिएको हो ।

गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा प्राथमिकता दिने उद्येश्यले छ पर्यटकीय तथा सांकृतिक क्षेत्र पहिचान गरी घोषणा गरिएका क्षेत्रहरुमा पूर्वाधार विकासका साथै प्रचारप्रसार पनि गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । पश्चिमाञ्चल क्षेत्रमै प्रसिद्ध सत्यावती मन्दिर र कालिलेक सिद्धस्थानलाई सांकृतिक क्षेत्र भनिएको छ ।

त्यस्तै विभिन्न वडाका कौडेको धुरी, भैँसेझरना, भित्रीवन देउराली र भाटेपोखरा क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिगतरूपमै स्थानीय तहहरुले सांकृतिक तथा पर्यटकी क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गएिकाले सोही नीतिको अधिनमा रहेर सास्ंकृतिक तथा पर्यकीय क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाको पर्यटन विकासका साथै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सघाउन पनि सो घोषणा गरिएको जनाइएको छ । “हामीले अब पर्यटन तथा सांकृतिक क्षेत्रको विकासका लागि विनियोजन भएको बजेट घोषणा भएका क्षेत्रलाई प्राथमिकतामा राख्छौँ”, प्रमुख प्रशासकीय अधिकृत थापाले भन्नुभयो, “योजनाबद्ध विकासका लागि सहज होस् भनेर छ वटा क्षेत्र घोषणा गरिएको हो ।” स्थानीय सरकार सञ्चालन ऐनको दफा ९ उपदफा (३) ले स्थानीय सरकारले सांकृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गरेको छ ।

“आर्थिक वर्ष २०७६÷७७ मा केही बजेट व्यवस्थापन गरिएको छ, सोही बजेट परिचालन गरेर यी क्षेत्रको विकासमा लाग्छौँ”, उहाँले भन्नुभयो, “पहिचान पहिलो कुरा हो, अब पूर्वाधार विकासको बाटो खुल्यो ।” गाउँपालिकाले पर्यटनको विकासबाट आर्थिक समृद्धि प्राप्तिको लक्ष्य लिएको छ ।

पर्यटन क्षेत्रलाई पहिलो उत्पादनको क्षेत्र मानेर अघि बढ्नेगरी योजना निर्माण भइरहेको अधिकृत थापाले बताउनुभयो । नेपाल भ्रमण वर्षमा नेपाल घुम्न आउने पर्यटकमध्ये थोरै मात्रै पर्यटक भए पनि बरेङ पु¥याउने गरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकार र केन्द्र सरकारले तयार गरेका पर्यटनसम्बन्धी योजनाहरुको सहजताका लागि पनि यो घोषणाले सघाउने अध्यक्ष शर्माको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here