शनिश्चरे बहुमुखी क्याम्पसको सातौं सभा सम्पन्न

0
1050

अर्जुनधारा।

झापाको अर्जुनधारा–७स्थित शनिश्चरे बहुमुखी क्याम्पसको सातौं क्याम्पस सभा आइतबार सम्पन्न भएको छ ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षता र संघीय सांसद् पवित्रा खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हेमप्रसाद खरेलले गरेका थिए ।

कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख मोहनकुमार ओलीले र लेखा समितिको प्रतिवेदन समितिका संयोजक प्रेमप्रसाद लुँइटेलले गरेका थिए ।

संविधान सभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतम, अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना, नगर सभा सदस्य कुन्दन भट्टराई, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतामणी खनाल, वरिष्ठ साहित्यकार पूण्यप्रसाद खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here