नक्सा सच्याउन साहित्य चौतारीको माग

0
969

बिर्तामोड ।

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत नेपाली भूभाग आफ्नो नक्सामा पारेको भन्दै साहित्य चौतारी झापाले तत्काल नक्सा सच्याउन भारत सरकारसंग माग गरेको छ ।

साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले सरकारले कुटनितीक पहल गरी नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्सा सच्याउन लगाउनु पर्नेमा जोड दिए ।

उनले साहित्य चौतारी झापाले २०५६ सालमा सम्मान गरेको प्रतिभा डा.एसके खनालले लेखेको कविता कालापानी आज पनि उत्तिकै सान्र्दभिक रहेको बताउँदै त्यो नेपाली भूभाग भएकाले नेपाली सीमा अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन भारत सरकारसंग माग समेत गरेका छन् ।

कार्यक्रममा साहित्य चौतारी झापाका संरक्षिका उर्मिला विमली श्रेष्ठ ,संस्थापक अध्यक्ष शिवशंकर थापा , सल्लाहकार कृष्ण पोडेल , उपाध्यक्ष कृष्ण योञ्जन , कृष्ण निराकार , सहसचिव खगेन्द्रा खुशी , कोषाध्यक्ष भवानी गौतम , सदस्यहरु देवचिरण भण्डारी , हेमन्ता भण्डारी , सम्मानित प्रतिभा अनिरुद्र ओली लगायतले साहित्य ,संगीत र कलाका माध्यमबाट नेपाली सीमा अतिक्रमणको विरोध गरिरहने बताए ।

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here