काउसो दलेर रकम लुट्न खोज्दा…

0
727

झापा ।

झापाको बिर्तामोडमा काउसो दलेर रकम लुट्न खोज्ने एक बालकसहित दुई ब्यक्ति पक्राउ परेका छन् ।

बिर्तामोड–५ स्थित मनमोहन हस्पिटल अगाडी सडक छेउमा अर्जुनधारा–६ का ३८ वर्षीय बमबहादुर तामाङलाई काउसो दलेर रकम लुट्न खोजिएको थियो । छोरीलाई उपचार गराउनका लागि ५० हजार रुपैया बोकेको झोला लुटने भएको थियो ।

काउसो दलेर रकम लुट्न खोज्ने भारतको वंगाल घरभएका ३० वर्षीय अनिल ग्वाला र उनका छोरा १२ वर्षीय तुषार ग्वालालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ परेका ग्वालाको साथबाट चार पोका काउसो बरामद गरिएको प्रहरीले जनाएको छ । भारतको विभिन्न स्थानबाट आएको ब्यक्तिहरु आपराधिक गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

केही दिन अघिमात्रै पनि गाडीमा सवार हुदैं विभिन्न बिर्तामोड सहित जिल्लाका विभिन्न स्थानका घरहरुमा चोरी गर्ने एक ब्यक्ति पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here