कर प्रमुखको बिदाइ, चेम्बरको कार्यालय स्थापना

0
563

विर्तामोड।

बिर्तामोड उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श झापा र महिला उद्यमी संघ बिर्तामोड लगायतका संस्थाले आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यलाई बुधवार सम्मानसहित बिदाइ गरेका छन् ।

यसैबीच चेम्बर अफ कमर्श झापाले विर्तामोडमा कार्यालय स्थापना गरेको छ । यसैगरी महिला चेम्बर अफ कमर्श झापाको कार्यालय पनि सँगै स्थापना गरिएको छ । संस्थाका अध्यक्ष ओमकृष्ण बिमलीको घरछेउमा कार्यालय स्थापना गरी एक कार्यक्रमकाबीच बुधबार कार्यालयको उद्घाटन गरिएको छ ।

दुई वर्षभन्दा बढी आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्रमुख पदमा रही आन्तरिक राजश्व विभागमा सरुवा भएका कर प्रमुख बोलराज आचार्यले कार्यालय उद्घाटन गरेका थिए ।

संस्थाले कार्यालय उद्घाटनसँगै कर प्रमुख आचार्यको बिदाइको कार्यक्रम पनि राखेको थियो । चेम्बर अफ कमर्श झापाका महासचिव प्रदीप खरेलले सञ्चालन गरेको कार्यक्रमका बीच कर प्रमुख आचार्यलाई सम्मानपत्र र मायाको चिनोसहित विदाइ गरिएको थियो ।

संस्थाका अध्यक्ष ओमकृष्ण बिमली, संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, महिला चेम्बरकी झापा अध्यक्ष प्रेमा भट्टराई, महिला चेम्बर बिर्तामोडकी अध्यक्ष संगीता चिमरियालगायतले कर प्रमुख आचार्यलाई सम्मानपत्र, मायाको चिनो र फूलगुच्छा प्रदान गरेका थिए । कार्यक्रममा सदस्य विष्णु आचार्यले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here