नक्कली सुनसहित २ जना पक्राउ

0
385

हेटौंडा,

मकवानपुर प्रहरीले नक्कली सुन सहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ।

नक्कली सुनसहित पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ३ बस्ने ४७ वर्षीय ध्याल सिंह शेर्पा र मकवानपुर राक्सिराङ् गाउँपालिका ४ बस्ने अभय कुमार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलीले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ चौकिटोलमा भैँसेबाट हेटौंडा तर्फ आउदै गरेको बा ९३ प ९०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शेर्पाको साथबाट १ किलो फाइन गोल्ड ९९९।९ सिओ २२६६६५० लेखिएको सुन जस्तो देखिने पहेलो रङ्गको चारपाटे आकारको नक्कली सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here