कर्णाली क्षेत्रमा प्राचीन तामाङ राज्य

0
1167

भूवन तामाङ,

नेपालमा हाल जुन क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ, ती भौगोलिक क्षेत्र र आसपास ठाउँहरुमा उहिले तामाङ राज्य रहेको थियो । साना–साना बाइसे चौबीसे राज्य जस्तै त्यहाँ तामाङ राजवंशका राजाले राज्य गर्दथे । तामाङको राज्य रहेको भौगोलिक क्षेत्रलाई आजपर्यन्त ‘जड्यान’ या ‘जडान’ क्षेत्र भनेर पनि जानिन्छ । नेपालको सुदूरपश्चिम क्षेत्रको उत्तरी केही भाग, भारतको कास्मिरको आसपास हुँदै उत्तरतर्पm चीनको मानसरोवर तालको भू–भागसम्म जड्यान क्षेत्रको रुपमा पैmलिएको थियो । त्यस क्षेत्रलाई तामाङ भाषामा मारहुयूल (स्वर्ण भूमि) भनिन्थ्यो । यसबारे तामाङहरुको प्रसिद्ध सांस्कृतिक बाङ्मय ‘ताम्बा काइतेन’, ‘जिकतेन तामछ्योइ’ आदिमा अंकित भएका पाइन्छन् । तिब्बती ग्रन्थहरुमा पनि उल्लेख भएको पाइन्छन् । आठौँ शताब्दीमा गुरु पद्म सम्भवले जड्यानमा अहिंसावादी सन्देश पैmलाए ।

जड्यान राज्य सामरिक महत्वको थियो । त्यसैले शक्तिशालीहरु जड्यान राज्य हत्याउन चाहन्थे । जड्यानदेखि उत्तरतिर तिब्बतमा स्वतन्त्र राज्य तोलिङ थियो । जड्यान र तोलिङबीच सीमाना बढाउने क्रममा विवाद भइरहन्थ्यो । ११औं शताब्दीसम्म आइपुग्दा तोलिङ राज्य शक्तिशाली राज्य बन्दै गयो । तोलिङले जड्यानका केही भाग लिन सफल भयो । त्यसरी उत्तरतर्पmबाट जड्यान राज्य आक्रान्त बन्दै थियो । अर्कातिर बाह्य आक्रमणबाट ज्यान जोगाउन आफन्त, भाइभारदार, धनसम्पत्ति र हातहतियारसहित भारतका विभिन्न राज्यका शासकहरु जड्यान राज्यतिर आइपुगे । पछि तिनीहरु खस भनेर प्रचलित भए ।

त्यसरी भारतबाट भागेर आएका मध्ये ‘नागराज’ले जड्यान राज्यको सिंजा क्षेत्र दख्खल गरी १२औं शताब्दीको पूर्वाद्धसम्ममा खसान राज्य स्थापना गर्न सफल भएका थिए । पृथ्वी मल्लले सन् १३३८÷०५८ सम्म शासन गरे । उनी नागराजवंशका चौधौँ र अन्तिम राजा थिए । त्यसरी जड्यान राज्यलाई दुबैतिरबाट क्षति पु¥याउन षड्यन्त्र हुँदै गयो । भौगोलिक बिकटता र स्रोतसाधन कमिका कारण बाह्य आक्रमणबाट राज्य सुरक्षाका पर्याप्त कदम चाल्न नसकिने बाध्यताको फाइदा लिँदै जड्यान राज्यलाई बाह्यतत्वले आक्रमण गर्दै रहे । तात्कालीन समयमा संघीय राज्यका प्रमुखलाई ताङ भनिन्थ्यो । जड्यान राज्यका राजालाई सबै गणराज्यहरुले कर बुझाउँथे । त्यो समयमा जड्यान राज्य संघ राज्यजस्तै थियो । अघि पनि जड्यानमा तामाङ पुर्खाहरुले राज्य गर्दथे । संघीय राज्यका प्रमुखलाई ताङ भन्दाभन्दै तामाङ हुन गएको मत छ । उक्त क्षेत्रमा तवाङ भन्ने ठाउँ भएकाले तवाङ भन्दाभन्दै तामाङ भनिन थालियो भन्ने अर्को मत पनि रहेको छ ।

जड्यानका राजाका बारेमा एउटा कथा छ । किम्वदन्ती अनुसार यिनै राजाले खस राजा विक्रम शाहीका पटरानी सुन्दरी सुनकेसरालाई अपहरण गरेका थिए । रानी सुनकेसराको सौन्दर्यको वयान सुनेका थिए । सुनकेसरालाई आक्रमण गरेर भए पनि आप्mनी रानी बनाउन चाहन्थे । विक्रम शाही रानी सुनकेसरासहित शिकार खेल्न जंगल छिरे । रानीलाई शिविरमा छाडेर राजा विक्रम शाही शिकार खेल्न गए । यही मौकामा जड्यानका राजाले शिविरमा हमला गरी सुनकेसरा रानीलाई अहपरण गरे । विक्रम शाहीले तीन पटकसम्म जड्यानको दरवारमा आक्रमण गरेर सुनकेसरा रानी छुटाउन प्रयास गरे तर सफल भएनन् । सानोतिनो प्रयासले केही सिप नलाग्ने भएपछि विक्रम शाहीले अन्य राज्यहरुसँग सहयोग मागे ।

मित्रशक्तिहरुको सहयोगमा ठूलो दलबलसहित आक्रमण गरी जड्यानका राजालाई नियन्त्रमा लिए तर त्यसबखतसम्म सुनकेसरा रानीको मृत्य भइसकेको थियो । त्यसरी जड्यानका राजाले आप्mनो राजशाही गुमाएका थिए ।
अभैm पनि जड्यान क्षेत्रमा विभिन्न पहिचानमा तामाङहरु रहिरहेका छन् । ठ्याक्कै तामाङ जाति या थर नजनाए पनि तामाङ परम्परा संस्कार मिल्दो समुदायहरु सबै ती प्राचीन तामाङहरु नै हुन् । जड्यान क्षेत्रमा पाइने प्राचीन अभिलेख, किर्ती स्तम्भहरुमा ‘ॐ मणि मद्मे हुँ, ॐ नमो बुद्धये’ अंकित भएका पाइन्छन् । अभिलेखहरु तामाङहरुको संस्कारमा प्रचलन हुने लिपीमा पाइन्छन् । सिंजा क्षेत्रको पूर्वपट्टि बौद्ध धर्मावलम्वीहरु छन् । हालको गण्डकी प्रदेशमा र आसपासका क्षेत्रमा तामाङ रहेका छन् । विभिन्न जाति र समुदायको परिचयमा समेत तामाङहरु रही आएका छन् । समय कहिल्यै एकै रहँदैन । समयले लामै काल लिन पनि सक्छ । १३औं शताब्दीदेखि जड््यान राज्य (अहिलेको कर्णाली प्रदेश र आसपासका क्षेत्र) खसान राज्य हुँदै गयो । कतिपय तामाङहरु पूर्व लाग्ने क्रममा गण्डकी क्षेत्र हुँदै बाग्मती क्षेत्र र आसपासका क्षेत्रमा आइपुगे, पैmलिए । पहिल्यै स्थापित राज्यहरुमा मिसिए र कतिपय नयाँ राज्यहरु स्थापित गरेर बसे ।

नेपालको हालको सीमानाभित्र र बाहिरगरी प्राचीनकालमा तामाङहरुको सयभन्दा धेरै राज्यहरु थिए । तामाङ वंशजहरुका मात्र होइन अन्य राजवंशजहरुका राज्यहरु पनि प्रसस्तै थिए । प्राकृतिक, भौगोलिक, स्रोतसाधन र ज्ञान आदि कारणले गर्दा त्यस युगमा त्यस्तै चलन थियो । तर, मानव चेतना विकास, सिकाई र शिक्षाका कारण युग र समयक्रम एकै रहदैन । विश्वमा आएको परिवर्तन, राजनीतिक चेतना र राज्य विस्तार या निर्माणका लागि आक्रमणका सिलसिलाले विश्वमा रहेका राज्य व्यवस्थामा प्रभाव पर्न थाल्यो । असर स्वरुप एशियाभित्र हुनथालेको परिवर्तनहरुको प्रभाव यहाँ पनि पर्ने नै भयो । भारत वर्षमा विभिन्न बाह्य तत्वहरुको आगमन र आक्रमणका परिणाम स्वरुप भारतका विभिन्न राज्यका शासक र तीनका शाखा सन्तान, भाइभारदार ज्यान बचाउन पहाड र हिमाली भेगतिर भागेर आउन थाले । यहाँ पनि उनीहरुमा फेरि राज्य खडा गर्ने, शासक बन्ने र हैकम चलाउने लालसा पलाउन थाल्यो । नेपालको विकट पहाड र हिमाली क्षेत्रमा आप्mनै परम्परामा आधारित जीवनशैली र राज्य व्यवस्था अपनाई आएका जनता र शासकहरुमाथि कैयन सीप, ज्ञान र युद्धकला जानेका धनी आप्रबासीहरुले नेपालका प्राचीन राज्यहरु र राजाहरुलाई विभिन्न षड्यन्त्र गरेर राज्य व्यवस्थाबाट बिमुख पार्न थाले ।

समय व्यतित् हुने क्रमसँगै मानिसका चेतना, आकांक्षा, ज्ञान, शिक्षा र प्रविधि विकासक्रमले कुनै राज्य, देशहरुलाई विभिन्न सीमा, स्वरुप र व्यवस्थामा ढाल्दछ । तसर्थः नेपालको प्राचीन राज्य व्यवस्थाहरु पनि परिवर्तन हुँदै आए । शाह वंशीय राज्य र व्यवस्थाहरु पनि परिवर्तन हुँदै आएर वर्तमानमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको भयो । सयौँभन्दा बढी राज्य भएको नेपाल अहिले त सबै नेपालीहरुको एउटै राज्य भएको छ । शाह बंशीय राजाहरुका उत्तराधिकारी भनिएका राजा र राजसंस्था समेत उन्मुलन हुनपुग्यो । यो सबै समयको चेतना, राजनीतिक विकासक्रम, शिक्षा र आवश्यकताको परिणाम हो । यस्तो हुनु कसैको दोष या कमजोरी होइन । समयक्रमले, युगले राज्यको स्वरुप र शासन पद्धती निर्धारण गर्दछ ।

त्यसैले कोही हारेको र कोही बिजयी भएका होइनन् । कोही कमजोर या कोही सबल भएका होइनन् । कोही जाति कमसल र कोही उत्तम भएका होइनन् । कोही दुःखी र कोही अति खुशी हुनु जरुरी छैन । सबै नेपाली सबल, सक्षम र खुशी हुनु पर्छ । यस्तो सम्भावना नेपालको आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यबस्थाले गर्न सक्छ । निर्वाचन अर्थात् प्रजातान्त्रिक प्रणालीका माध्यमबाट सबैले शासनमा, राज्य व्यवस्थामा सरिक भई देशका लागि योगदान गर्न पाउने सुनौला अवसरहरु खुला रहेका छन् । (पुस्तक, सामग्रीहरु अध्ययनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here