बिर्तामोड, राष्ट्रिय जनता पार्टी नेपालको झापा जिल्ला अबिधेशन शुरु भएको छ ।
राजपाका अध्यक्ष मण्डलका संयोजक राजकुमार महत्तोको सभापतित्वमा बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अबिधेशन शुरु भएको हो । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय प्रवत्ता अमरेन्द्र कुमार साहले गर्नुभएको छ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बताइएको छ ।
पार्टीका जिल्ला सदस्य सन्तोषकुमार गणेशले स्वागत गरेको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष विश्वनाथ सिंह राजवंशी, केन्द्रीय सदस्य मोहितलाल कामती, त्रिनारायण राजवंशी, अनुपसिंह रााजवंशी, पार्टीका अध्यक्ष मण्डलका सदस्य सूर्यनारायण गणेश लगायतले बोल्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन अध्यक्ष मण्डलका सदस्य देवेन्द्रकुमार ढुङ्गानाले गर्नुभएको छ ।