सीमा विवाद सुल्झाउने नेपाललाई सुनौलो मौंका

३० कार्तिक २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

लामो समयदेखि नेपाल – भारत बीचको सीमा विवाद सुल्झाउने सरकारलाई सुनौलो मौका आएको झापाको बिर्ताामोडमा आयोजित एक कार्यक्रमका सहभागीले औंल्याएका छन् ।

शनिवार रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर १ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्राध्यापक चिन्तामणि दाहालले भारतले सन १९६२ मा कालापानी क्षेत्रमा शैनिक क्याम्प राखेर सीमा अतिक्रमण शुरु गरेको बताउनुभयो ।

५७ वर्षदेखि भारतले नेपालका विभिन्न स्थानमा सीमा अतिक्रमण गरिरहेपनि सरकारले ठोस् रुपमा कदम चाल्न नसकेको बताउनुभएको छ । उहाँले भारतले हालैै सार्वजनिक गरेको नयाँ नक्सा पछि सीमा विवादको विषय वाहिर आएको र वर्तामान अवस्थामा सरकार , राजनीतिकदल, जनता र मिडिया एक भएको अवस्थामा वर्षाैंदेखिको सीमा विवाद सुल्झाउने यो सुनौलो मौका भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले झापाका पाठामारी, वाहुनडाँगी, काँकरभिट्टा लगायतका स्थानामा समेत भारतले सीमा अतिक्रमण गरेको बताउनुभयो । जनाताले सीमा विवादलाई चासोका साथ उठाइरहेपनि सरकारले यो विषयमा ठोस कदम चाल्न ढिलाई गरेको उल्लेख गर्नुभयो । उहाँले बर्तामान अवस्थामा नेपालले युद्ध गर्ने अवस्था नरहेको भन्दै भारतको हेपाह प्रवृति विरुद्ध अन्तराष्ट्रिय अदालत जानुको विकल्प नरहेको धारणा राख्नुभयो ।

नेपाल वार एशोसिएसन झापाका अध्यक्ष लेखनाथ निरौलाले जनता राजनीतिकदल र सरकार एकै ठाउँ रहेका बेला सरकारले चालेको कदम अझैं अपर्याप्त रहेको धाराणा व्यक्त गर्नुभयो । उहाँले मेची र महाकाली नदी नेपालकै हो भन्दै नेताहरुले आधा आधा भनेर दिने गरेको अभिव्यक्ति गैर जिम्वेवार भएको बताउनुभयो । निरौलाले यो अवस्थामा व्रिटिस इन्डियासंग गरेको सुगौलीसन्धीका प्रमाणहरु जुटाएर अन्तराष्ट्रिय अदालत जानु पर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष ताारामणि सापकोटाले राष्ट्रियताको विषयमा सबै मिडिया एक भएर लागेको धारणा व्यक्त गर्नुभयो । भारतीय मिडियहरुले नेपालमा आपराधिक गतिविधि हुने गरेको , नेपालले नै सीमा मिच्ने गरेको भ्रम फिजाइरहेको बताउनुभयो । सबै पक्ष एक भएर सीमा विवादको विषय उठाएको भन्दै सरकारलाई दव्रिलो भएर कुरा राख्न सुझााव दिनुभयो । उहाँले सिक्किलाई भारतमा विलय गराएपछि नेपाललाई सदैव नियन्त्रण गर्ने हिँसावमा भारत अझ हौसिएको विचार व्यक्त गर्दै सीमा अतिक्रमणको विषयमा सरकारले ठोस् कदम चाल्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।

भारतले झापाका विभिन्न स्थानमा १७ सय हेक्टर जमिन अतिक्रमण गरेको छ भने ३७ जिल्लाको झण्डै ६० हजार हेक्टर जमिन अतिक्रमण गरेको छ । लिपुलेकमा मात्रै ३७ हजार हेक्टर सुस्तामा १४ हजार हेक्टर भारतले नेपालको भूमि अतिक्रमण गरेको छ भने सीमाका विभिन्न स्थानमा भारतीय शैनिक राखेर नेपाली भूमि अतिक्रमण गर्ने क्रम जारी राखेको छ ।

भारतले अतिक्रमित भूमिलाई आफ्नै बनाउन नेपाली प्रमाण नष्ट गर्नुका सार्थ त्यहाँ वसोवास गर्नेलाई रासनकार्ड लगायतका भारतीय प्रमाणहरु वितरण गर्ने गरेको पाइएको छ । सुगौली सन्धिमा सीमा क्षेत्रको १० गजाक्षेत्रलाई खुल्ला राख्नु पर्ने नियम भएपनि भारतले दश गजामै अतिक्रमण गरेर सडक बनाउने, ड्याम निर्माण गर्ने तथा भौतिक संरचना निर्माण गर्ने क्रम जारी राखेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here