गायक प्रमोद प्रसाईको आवाजमा रहेको गीतको म्युजिक भिडियो ‘आज फेरी’ सार्वजनिक भएको छ ।
लामो समय देखि सांगीतिक क्षेत्रमा रहेर साधना गर्दै आएका प्रसाईको गीतको भिडियो बुधवार सार्वजनिक गरीएको हो । गीतमा सुस्मा प्रसाई बिमलीको शव्द तथा लाबोनी प्रमोदको संगीत छ ।
सञ्चारकर्मी रमेश तिवारी,याम बिमली र सुजा पौडेलको अभिनय रहेको यस भिडियोलाई शुन्दर लाओतीले निर्देशन गरेका हुन् । पछिल्लो समय बिभिन्न कारणले नेपालमा बढ्दै गएको सम्बन्ध विच्छेदको घटनालाई भिडियोमा उतारीएको निर्देशक शुन्दर लावतीले बताए ।
सेल्फी मिडिया प्रा.लिको ब्यानरमा निमार्ण गरीएको ‘आज फेरी’मा शिरकुमार साम्पाङ्गको छायाङ्कन,निर्देशक लाओतीको सम्पादन तथा विकास धमलाको कलर रहेको छ ।
https://www.youtube.com/watch?v=7GzUYNwOJTY&feature=emb_title