बिर्तामोडमा नेवाः फूड फेस्टिवल

0
1192

बिर्तामोड , यःमरी पुन्शीको अवसरमा नेवाः पासा मुना पुःच बिर्तामोडले दोस्रो नेवाः फूड फेस्टिवल गर्ने भएको छ ।
झापाको बिर्तामोडमा मंसिर २८ गते फूड फेस्टिवल आयोजना गरिने विहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । फेस्टिवलमा विभिन्न नेवारी खानाका परिकार उपलब्ध गराइने फेस्टिवलका संयोजक हिमाल श्रेष्ठले बताए । उनले परिकारहरु ५० र एकसयमा उपलब्ध हुने जानकारी दिए ।

फेस्टिवलमा नेवारी परिकार यःमरी, प्लेन बारा, मिक्स चटामरी, बफ मःम, बफ छोयला, ननभेज नेवारी खाजासेट, भेज नेवारी खाजासेट र चिकेन मःमलगायत पाइने बताए । किचन व्यवस्थापन फुडिज हव बिर्तामोड गर्नेछ ।
फेस्टिवल बिर्तामोडस्थित वान स्टप मल अगाडि गरिने नेवाः पासा मुना पुचः बिर्तामोडकी अध्यक्ष इश्वरा श्रेष्ठले बताइन् । ‘लोप हुँदै गएको नेवारी संस्कृति, रितिरिवाज, भाषालाई उजागर गर्ने उदेश्यले फेस्टिवल आयोजना गरेका हौं ।’ अध्यक्ष श्रेष्ठले भनिन् । फेस्टिवलबाट बिर्तामोड–४ मा निर्माणधिन नेवाछे भवनलाई आर्थिक सहयोग गर्ने उनले बताइन् ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष दिनेश श्रेष्ठ, सचिव राजिव श्रेष्ठ, सहसचिव कमल श्रेष्ठ, कोषाध्यक्ष समिर ताम्राकारलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here