बिर्तामोडमा दोस्रो नेवा : फूड फेस्टिवल

0
1332

विर्तामोड ।

लोप हुँदै गएको नेवारी खाना , संस्कृति, रितिरिवाज, भाषालाई उजागर गर्ने उदेश्यले नेवा : पासा मुना पुचः बिर्तामोड नगर समितिको आयोजनामा बिर्तामोडमा दोस्रो नेवा : फूड फेस्टिवल सम्पन्न भएको छ ।

यःमरी पुन्हीको अवसरमा बिर्तामोडस्थित वान स्टप मलमा आयोजित नेवा : फूड फेस्टिवलको उद्घाटन प्रमुख अतिथी बिर्तामोड वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए । नेवाः पासा मुना पुच : बिर्तामोड नगर समितिकी अध्यक्ष इश्वरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक हिमाल श्रेष्ठले स्वागत गरेका थिए ।

नेवाः फूड फेस्टिवलमा विभिन्न नेवारी खानाका परिकारहरु यःमरी, प्लेन बारा, मिक्स चटामरी, बफ मःम, बफ छोयला, ननभेज नेवारी खाजासेट, भेज नेवारी खाजासेट र चिकेन मःम लगायत उपलब्ध गराइएको नेवाः पासा मुना पुच : बिर्तामोड नगर समितिका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

नेवाः फूड फेस्टिवलको किचन व्यवस्थापन फुडिज हव बिर्तामोडले गरेको र नेवाः फूड फेस्टिवलमा विभिन्न नेवारी खानाका परिकारहरु ५० रुपैयाँ र एक सय रुपैयाँमा उपलब्ध गराइएको उनले जानकारी दिए ।

नेवाः फूड फेस्टिवलमा एक हजार जना भन्दा बढीले. विभिन्न नेवारी खानाका परिकारहरु स्वाद मानी मानी खाएको उनले बताए । नेवाः फूड फेस्टिवलबाट संकलित रकम बिर्तामोड–४ मा निर्माणधिन नेवा : छेँको निमार्णमा खर्च गरिने उनले बताए । कार्यक्रमको सञ्चालन नेवाः पासा मुना पुच : बिर्तामोड नगर समितिका सचिब राजिव श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here