सहकारी प्रशिक्षण तथा खेलकुद कार्यक्रम सम्पन्न

२८ मंसिर २०७६, शनिबार मा प्रकाशित

विर्तामोड ।

झापाको बिर्तामोड ४ स्थित अनन्त बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी प्रशिक्षण तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोकुलप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला सहकारी सम्वन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा उपसम्पादक निरौलाले सहकारी सहकारी बीच एकीकरण गर्दा ध्यान दिनुपर्ने कुरा ,एकीकरण गर्दा हुने फाइदा बेफाइदा , सहकारी संस्थामा शेयर सदस्यको भूमिका , बचत गर्दाको फाइदा लगायतका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा संस्था सञ्चालक समितिका पदाधिकारी , लेखा समितिका पदाधिकारी , ऋण उपसमितिका पदाधिकारी , शेयर सदस्य , परोपकार समाज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी लगायत एक सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका वीच विविध मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता गरिएको थियो । खेलकुद कार्यक्रम अन्तर्गत म्युजिकल चियरतर्फ रोजिना बुढाथोकी प्रथम , तृष्णा खड्का दोस्रो , सृजना न्यौपाने तेस्रो भएका थिए ।

त्यस्तै चम्चा र गुच्चा दौडतर्फ निर्मला सुवेदी प्रथम , इन्दिरा शिवाकोटी दोस्रो , शोभादेवी पराजुली तेस्रो भएका थिए । त्यस्तै हण्डीफोर तर्फ इन्दिरा शिवाकोटी प्रथम , इच्छा भट्टराई दोस्रो , अजय गिरी तेस्रो भएका थिए ।
खेलकुद प्रतियोगिताको निर्णायकहरुमा संस्थाका सल्लाहकार संयोजक इश्वरीप्रसाद तिमल्सिना , संस्थाका अध्यक्ष गोकुलप्रसाद अधिकारी , परोपकार समाज बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार बलराम तिम्सिना लगायत रहेका थिए ।

खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरेको कार्यक्रमको सञ्चालन स.स्थाका शिक्षा उपसमिति संयोजक केशवप्रसाद अधिकारी र स.स्थाका सचिव नेत्रप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here