६९ जनामा नसा सम्वन्धि समस्या,खानपान र रहन सहनमा ध्यान दिन चिकित्सकको सुझाव

0
1112

बिर्तामोड ।

नेपालमा पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । सरुवा रोग भन्दा नसर्ने रोगका कारण पछिल्लो समय ६५ प्रतिशत मानिसको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।

मृगौला रोग, मुटु रोग, रक्तचाप, मधुमेह, क्यान्सर, जस्तै नसा सम्वन्धि रोगपनि मानिसको मृत्युको प्रमुख कारण बन्दै गएको चिकित्सकको भनाई छ । शारीरिक व्यायम, खानपिन, र रहनसहनमा ध्यान नदिँदा नसा सम्वन्धिका रोगीको संख्या बढ्दै गएको वीएण्डसी अस्पतालका नसा रोग विशेषज्ञ डा दिनेश कुमार थापाले बताए । उनले भने – अहिले हातखुट्टा नचल्ने वा निरन्तर फिजियो थेरापी गरिरहनु पर्ने पर्ने विरामीको संख्या उच्च छ ।

कनकाई नगरपालिका– ३ स्थित इलाका स्वास्थ्य चौकी सुरुङ्गामा आयोजना गरिएको (न्यूरो) रोग सम्वन्धि एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै थापाले भने – नसा च्यापिएका रोगीहरु मध्ये ८५ प्रतिशतको उपचार प्रकृतिक तरिकाले गर्न सकिन्छ भने १५ प्रतिशतको उपचार शल्यक्रिया नै गर्नु पर्छ । तर, नसा च्यापिएका धेरै विरामी सुरुवाती चरणमा अस्पताल नै आउँदैनन ।

कनकाई नगरपालिका र सहारा नेपाल सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविर वीएण्डसी अस्पताल बिर्तामोड , अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं र फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा भएको हो । शिविरमा बोल्दै १ नम्वर प्रदेश सभा सदस्य हिरा थापाले खानपान रहनसहन र व्यायममा ध्यान नपु¥याउँदा नसा सम्वन्धि रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको बताए ।

कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले सहारा नेपाल सहकारी संस्थासंग साझेदारी गर्दै यस अघिपनि धेरै कार्यक्रमको आयोजना गरिएको र यो कार्यक्रमले पनि नगरवासीलाई फाइदा पुग्ने बताए । कार्यक्रमको उद्देश्यवारे प्रकाश पार्दै सहारा नेपाली कर्मचारी सुशीला वोहोराले सहाराले सञ्चालन गरेको यो कार्यक्रमले विपन्न समुदायका अधिकांशलाई राहत पुग्ने धारणा राखिन ।

शिविरमा कनकाई नगरपालिकाको लक्ष्मीपूरा, सुरुङ्गा सेवा केन्द्रका सेवाग्राहीले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । उनीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको सहकारीका जीवन वरदान कार्यक्रम संयोजक भक्तवहादुर खड्काले बताए । शिविरमा १८०जनाको स्वास्थ्य परीक्षण गरिइएको र जसमध्ये ५ जनालाई वसन्तलाई रेफर गरिएको र ६९ जना नसाका विरामी भेटिएको बताइएको छ ।

कार्यक्रमको सञ्चालन लक्ष्मीपूर सेवा केन्द्रका केन्द्र प्रमुख उमेश भारतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here