हिमपातमा फसेका १३ जनाको प्रहरीद्धारा उद्दार

0
972

ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङनगरपालिका–११स्थित पाथिभरादेवी मन्दिर परिषरबाट हिमपातमा फसेका सात जना भारतीय नागरिक र चार जना नेपाली नागरिक सहित ११ जनालाई प्रहरीले उद्दार गरेको छ ।

गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउ हटाई उद्दार गरी मोरङको उर्लाबारी नगरपालिका–९ बस्ने रमेश कार्की , तारा कार्की, हनमोल कार्की , सुबाश थापा सहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जना गरी जम्मा ११ जनालाई उद्धार गरेर गन्तब्य स्थलसम्म पुर्यााउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उता भोजपुरको साल्पा सिलिचो गाउँपालिका–६ स्थित बलौटे भन्ज्याङबाट हिमपातमा फसेका दुई जनालाई प्रहरीले उद्दार गरी आफन्तलाई बुझाएको छ ।

उदयपुरको चौदणडीगडी नगरपालिका–७ घर भएका ४९ वर्षीय प्रेम कुमार राई र उनकी श्रीमती ५८ वर्षीया पदमश्वरी राई धरानबाट भोजपुरको साल्पापोखरी घुमेर फर्कने क्रममा गत २७ गते अत्यादिक परेको हिमपातका कारण हिउमा फसेको भन्ने जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी दोभानेको प्रहरी टोलीले उद्धार गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here