चन्द्रगढी खानेपानीका परिषद सदस्यलाई प्रमाणपत्र वितरण

0
715

भद्रपुर ।

चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफई समिति भद्रपुरले नवनिर्वाचित परिषद सदस्यलाई प्रमाणपत्र वितरण तथा सफत ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्यव समिति झापाको सभा हलमा आइतबार समितिद्धारा आयोजित एक कार्यक्रमका बीच गत कार्तिक २ गते विभिन्न टोलहरुबाट सर्वसम्मत रुपमा छनौट गरिएका नवनिर्वाचित परिषद सदस्यहरु प्रमाणपत्र वितरण गर्दै सफत ग्रहण गराएका हुन् ।

समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाँज जना मनोनितसहित ३ सय १३ जना परिषद सदस्यलाई सफत खुवाउँदै उनिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख चन्द्रमायाँ श्रेष्ठ, भद्रपुर १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का ९काजी० , ७ नम्बर वडा अध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाली कांग्रेस झापा क्षेत्रीय सचिव रमेश पोखरेल, नेकपा नगर इञ्चार्ज असारु राजबंशी , चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, पूर्व अध्यक्ष अम्वर वहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here