पोखरेललाई पितृशोक

0
1138

बिर्तामोड।

भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश पोख्रेललाई पितृशोक परेको छ ।

झापा भद्रपुर– ९ चन्द्रगढी निवासी रमेशका बुबा शिवप्रसाद पोख्रेलको ९१ वर्षको उमेरमा पुस ३ गते बिहीबार निधन भएको हो ।

स्व.शिवप्रसादका श्रीमती र एक छोराको यसअघि नै निधन भइसकेको बताइएको छ । हाल स्व.शिवप्रसादकी ठूली बुहारी हर्कविष्णु पोख्रेल र छोराबुहारी रमेश–भिमला पोख्रेल रहेका छन् ।

त्यस्तै तीन जना छोरीहरुमा भगवती भट्टराई, मीना शर्मा र गीता दहाल रहेका छन् भने आठ जना नाती, पाँच जना नातिनी, १५ जना पनाती पनातिनी रहेका छन् ।

स्व.शिवप्रसादका छोरा रमेश भद्रपुर जेसीजका पूर्व अध्यक्ष, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन इकाइ समिति भद्रपुरका पूर्व अध्यक्ष, जेसीज पूर्व अध्यक्ष समाज झापाका उपाध्यक्ष, नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का क्षेत्रीय सचिव लगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका छन् ।

त्यस्तै पोख्रेलका नाति डिल्लीराम पोख्रेल भद्रपुर जेसीजका महासचिव हुन् । उनको शुक्रबार हडिया खोला भद्रपुरमा अन्त्येष्ठि गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here