बंगलादेशलाई अर्बाैंको ढुङ्गा बेच्न सकिन्छ : मिश्र

0
527

सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल,
बिर्तामोड।

बंगलादेशसंग रेल, जल र हवाई मार्गले जोड्न सके लाखौं पर्यटक झापा हुँदै नेपाल भित्रिने वंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० शुरु हुन केही दिन मात्रै बाँकी रहेका बेला उनले नेपालले बंगलादेशसँग अझ बढी पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न सके लाखौं बंगलादेशी पर्यटक झापा हुँदै नेपाल भित्र्याउन सकिने बताएका हुन् । १७ करोड जनसंख्या रहेको बंगलादेशमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै सहज आवागमनको व्यवस्था मिलाउन सचिव स्तरीय बैंठक बसेर छफफल अघि बढाइरहेका बेला बंगलादेशका लागि नेपाली राजदूत मिश्रले यस्तो बताएका हुन् । झापाबाट बंगलादेशको दूरी ३८ किलोमिटर मात्रै रहेको भन्दै स्थलमार्गबाट भारतको बाटो आउँदा विभिन्न समस्या झेल्नु परेकाले हवाई मार्ग सञ्चालन गर्न सकेमा यसबाट नेपालले प्रशस्त फाइदा उठाउन सक्ने मिश्रको भनाइ छ ।

शनिबार बिर्तामोडमा पूर्वाञ्चलकर्मीसँग कुरा गर्दै राजदूत मिश्रले बंगलादेशको साइतपुरबाट झापाको चन्द्रगढी विमानस्थल र विराटनगर विमानस्थलमा हवाई मार्ग सुचारु गर्ने विषयमा नेपाल, भारत र वंगलादेशबीचमा सन २०१८मै वैठक बसेर सहमति भए पनि विमानस्थलको स्तरोन्नति नभएका कारण सो कार्यक्रम रोकिएको बताए । उनले केही समयभित्रै झापादेखि बंगलादेशका लागि अन्तर्राष्ट्रिय उडानको व्यवस्था मिलाउन नेपाल सरकार लागीपरेको समेत बताए । झापादेखि वंगलादेश सोझो उडान हुने वित्तिकै २१ लाखभन्दा बढी बंगलादेशी नागरिकले नेपालको भ्रमण गर्ने राजदूत मिश्रले बताए ।

नेपालको निर्यात र आयातको अवस्था २०–८० प्रतिशत रहेकाले व्यापार घाटा कम गर्न सरकारले दिगो उत्पादन नीति ल्याउने विषयमा छलफल भइरहेको जनाएको छ । उत्पादित बस्तुहरुको भण्डारण केन्द्र निर्माण गरी निर्यात बृद्धि गर्न सकिने राजदूत मिश्रले बताए । सन् २००८मा नेपालले बङ्गलादेश निर्यातबाट ५९ मिलियन डलर नाफा कमाएकोमा सन् २०१८मा ३३ मिलियन डलर व्यापार घाटा व्यहोरेको थियो ।

नेपालका विभिन्न क्षेत्रको पहिचान गरेर त्यसको सम्भावनालाई अघि बढाउन सकेमा बंगलादेशबाट प्रशस्त फाइदा उठाउन सकिने उनको भनाइ छ । बंगलादेशस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख धनबहादुर ओलीले नेपाली उत्पादन प्रवद्र्धनका लागि ढाकास्थित नेपाली राजदूतावासले निरन्तर प्रयास गरेको भए पनि गुणस्तरमा एकरुपता र ख्याति कायम गर्न नसक्दा बर्षेनि आयात बढिरहेको जानकारी दिए ।

भारत र चीनपछि नेपालको व्यापारको मुख्य क्षेत्र बंगलादेश नै रहेको उल्लेख गर्दै ओलीले गुणस्तर व्यवस्थापनमा चुनौति, सानो आकारको उत्पादन तथा बजार पहुँचको अभाव जस्ता कारणले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुग्न नसकेको धारणा राखे । बंगलादेशबाट सोलार उपकरण, ऊर्जा तथा कृषिजन्य वस्तुको निर्यात बढाउन सकेमा व्यापार घाटा कम गर्दै नेपाली उत्पादनलाई बंगलादेशभर पु¥याउन आफूहरु लागीपरेको उनले बताए ।

प्रदेश नम्बर १बाट मसुरो दाल, चिया, कफी, हरियो तरकारी, फलफूल, जडीबुटीजस्ता बस्तुहरु निर्यातको सम्भावना बढी छ । क्षेत्रफलमा नेपालभन्दा सानो रहे पनि जनसंख्या चार गुणा बढी भएकाले नेपाली उत्पादनहरु सजिलै बंगलादेश पु¥याउन सक्दा नेपालको व्यापार उकालो लाग्ने सम्भावना देखिएको उनको भनाइ छ ।

नेपाल र बङ्गलादेशबीच द्विपक्षीय सम्झौता भई वि.सं २०५४ भदौ १४ गतेदेखि पूर्वी नाका काँकरभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्धसम्म व्यापार शुरु भएको थियो । अहिले पनि सोही नाकाबाटै दुई देशबीच आयात–निर्यात हुँदै आएको छ । २२ बर्ष अघि नेपालले भारत र बङ्गलादेश सरकारसँग काँकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको प्रस्ताव स्वीकृत गरेको थियो ।

त्यसयता नेपालले सो मार्ग भएर ३१ अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ । सोही अवधिमा बङ्गलादेशबाट २६ अर्ब ८४ करोड ३६ लाख रुपैयाँ बराबरको मालसामान नेपाल भित्रिएको छ । १७ बर्षसम्म निर्यात नाफामा रहेको नेपालले बङ्गलादेशसँग पछिल्लो पाँचबर्षदेखि घाटा व्यर्होदै आएको छ । सन् २०१३–१४ सम्म बङ्गलादेशसँग व्यापार बचतमा रहेको नेपालले त्यसयता द्विपक्षीय व्यापारमा आफ्नो पकड कायम गर्न सकेको छैन ।

ढुङ्गा बेचेर अर्बौ भित्र्याउन सकिन्छ

बंगलादेशका लागि नेपाली राजदूत मिश्रले वर्षौदेखि दुःख दिइरहेका पहाडका ढुङ्गा बेचेर नै अर्बौ रुपैयाँ नेपाल भित्र्याउन सकिने बताएका छन् । उनले पूर्वी पहाडी जिल्लामा रहेका ढुङ्गा बंगलादेशलाई बेच्न सकेमा वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्न सकिने दावी गरे ।

उनले नेपाल, भारत र बंगलादेशबीच यातायात सञ्चालन गर्ने समझदारी भइसकेकाले कार्यान्वयन हुने वित्तिकै नेपालको व्यापारले फड्को मार्ने बताए ।

कृषिमा प्रदेश १ अघि

बंगलादेशमा कृषिजन्य वस्तु निर्यात गर्न सके मात्रै पनि अर्बौ रुपैयाँ आम्दानी गर्न सकिने राजदूत मिश्रको भनाइ छ । चियाका लागि प्रदेश १ अगाडि रहेको भन्दै उनले भने– चियामा मात्रै नभएर कृषिजन्य बस्तु अदुवा, अलैंची, अम्लिसो, तरकारी कफी, सुपारी लगायतका कृषिजन्य वस्तु निर्यात गर्न सकेमात्रै पनि बंगलादेशबाट प्रशस्त आम्दानी गर्न सकिन्छ ।

प्रदेश–१ बंगलादेशसंग दुरीका हिसाबले पनि नजिक रहेको तथा कृषिजन्य उत्पादनमा पनि अब्बल रहेको भन्दै राजदूत मिश्रले यहाँबाट कृषिजन्य वस्तु बंगलादेश पु¥याउन सके मनग्ये आम्दानी गर्न सकिने बताए ।

झापालाई मेडिकल हब बनाउन सकिन्छ

नेपाली राजदूत मिश्रले झापालाई मेडिकल हब बनाउन सकिने समेत बताएका छन् । आँखाको उपचारका लागि लाखौं बंगलादेशीहरु नेपाल आउने गरेको तथा अन्य रोगको उपचारका लागि लामोदुरीको बाटो हिँडेर भारतको नयाँ दिल्ली धाउनुपर्ने बाध्यतालाई कम गर्दै झापामा क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै धेरै बंगलादेशी बिरामी झापा आउन सक्ने बिचार ब्यक्त गरे ।

बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै लाखौं बंगलादेशी नागरिक उपचारका लागि नेपाल आउने उनको भनाइ छ । क्यान्सर अस्पतालको अनुगमन गर्दै राजदूत मिश्रले मेडिकल सेवाको विस्तार गरेर झापालाई मेडिकल हब बनाउन सकिने बताए ।

उनले बंगलादेशबाट क्यान्सर, न्यूरो लगायतका बिरामी झापा आउन सक्ने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल र बीएण्डसी टिचिङ्ग अस्पतालको सेवासुविधाको विषयमा बंगलादेशमा परामर्श गरेर प्रचार गर्ने उल्लेख गरे । क्यान्सर अस्पतालको विषयमा सञ्चालक दुर्गा प्रसाईले जानकारी गराएका थिए ।

जनवरी–७ मा चार सय नेपाली टोपी बाँडिने

बंगलादेशस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख ओलीले बंगलादेशमा जनवरी ७ तारिखका दिन चार सय नेपाली ढाका टोपी वितरण गरेर नेपाल भ्रमण वर्ष २०२०को शुभारम्भ गर्ने जानकारी दिएका छन् ।

उनले पर्यटन वर्षलाई सफल बनाउन नेपालका पर्यटकीय गन्तब्यहरुको जानकारी गराउनुका साथै स्वास्थ्य, शिक्षा, पर्यटनका विभिन्न क्षेत्रको विशेष जानकारी दिइने बताए । चन्द्रगढी बिमानस्थलमा बंगलादेशको उडान शुरु गर्न दुवै देश सकारात्मक रहेको र केही दिनमा नै एयरलाइन्स कम्पनीबीच छलफल गरेर प्रक्रिया अघि बढाइने नियोग उपप्रमुख ओलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here