कृषि प्राविधिक तालिम सम्पन्न

0
1293

बिर्तामोड ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ को आयोजनामा पशुपालन तथा कृषि प्राविधिक तालिम सम्पन्न भएको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा बनियानी सेवाकेन्द्रका शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

संस्थाका शेयर सदस्यहरुलाई कृषि र पशुपालन व्यवसायमा व्यवसायिक बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीको अध्यक्षता तथा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य मेहरमान विष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कृषि विभाग अधिकृत राजेन्द्रप्रसाद कडरिया र कचनकवल गाउँपालिकाका पशु विभाग अधिकृत मसिन्द्र यादवले सहजीकरण गरेका थिए ।

उनीहरुले बनियानी सेवाकेन्द्रका दुई सय भन्दा बढी शेयर सदस्य कृषकहरुलाई कृषि विमा , बजारीकरण पशु तथा तरकारीमा लाग्ने रोग , खोर निर्माण, घाँस दानाको छनौट र व्यावसायिक पशुपालन र खेतीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको गतिविधिबारे जानकारी गराउँदै तालिममा सहभागिले व्यावसायिक पशुपालन र खेती गरे सहकारीले आवश्यक परेमा ऋण समेत लगानी गरिने जानकारी दिए ।

सोही कार्यक्रममा बनियानी सेवाकेन्द्रका पाँच जना शेयर सदस्यहरुलाई विभिन्न समयमा भएका घटनाका आधारमा राहत रकम समेत प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here