ओझेलमा डाँगीवारी – विकासका लागि महायज्ञ

0
796

 

बिर्तामोड, माहाभारतकालीन इतिहास बोकेको झापाको वाह्रदशी –६ स्थित साधुकुटी आफैंमा ऐतिहासिक छ । त्यसमाथि पनि १९९३ सालमा तहशील ठाना र वजारको व्यवस्था हुँदा त्यस ठाउँको विकास हुने निश्चित थियो । तर, २००७ सालको क्रान्तिपछि सरकारी कार्यालय र अड्डा झापा सार भएपछि यो ठाउँमा मिश्री नामका साधुको वसोवास रह्रयो । वाह्रदशी अर्थात कञ्चनगढ– साधुकुटी आफैंमा ऐतिहासिक भएका कारण यो ठाउँ शिवजीको वासस्थान रहेको मानिन्छ । यहाँ अहिले पनि शिव सहित विभिन्न देवी देवताका मठ मन्दिर छन् । २०३२ सालमा सट्टा भर्नाबाट यहाँ बसोवास भएपछि त्यहाँ बसोवास गर्ने साधु एकाएक पलायन भएको बताइन्छ ।

जिल्लाकै पुरानो ठाना भएको यो ठाउँमा साप्ताहिक रुपमा हाट लाग्दै आएको जानकारहरु बताउँछन् । जंगलको बीचमा हाट लाग्ने गरेका कारण यस ठाउँमा असुरक्षा बढेको र २०१५ सालमा भिषण आगलागी भएपछि यहाँको हाट डागीवारी सारिएको डाँगीवारीका स्थानीयवासी दलवहादुर राजवंशी बताउँछन् । जमिन्दार हंशनारायण राजवंशी ‘चौधरी’ले दुई विगाह जमिन प्रदान गरेपछि वाह्रदशी डाँडामा लाग्दै आएको साप्ताहिक हाट डागीवारी सारिएको हो । चौधरीले श्रीमती विमलादेवीको नामबाट विद्यालय स्थापना गर्न र वजारलाई जमिन प्रादन गरेका थिए ।

विद्यालयको स्वामित्वमा जमिन रहने गरी जमिन प्रदान गरेसंगै त्यहाँ २०१५ सालबाट वजार लाग्न शुरु गरेको हो । राजवंशी समुदायको वाहुल्यता रहेको डाँगीवारीमा अहिलेपनि निरन्तर आइतवार हाट लाग्दै आएको छ । वाख्रा वजारका रुपमा जिल्लामै कहलिएको डाँगीवारीको विकासका लागि धेरै पहल गरिएपनि अहिलेसम्म त्यस ठाउँको विकास हुन सकेको छैन । कारण हो विरिङ नदी ।

हरेक वर्ष वर्षादको समयमा डुवान र कटानको उच्च जोखिममा पर्ने गरेको डाँगाीवारी वजार जिल्लाकै पुरानो मध्येको एक भएपनि हालसम्म पनि काँचुली फेर्न सकेको छैन । महेन्द्र राजमार्गको लक्ष्मीपूरबाट सात किलोमिटर मात्र दक्षिण भएपनि यस ठाउँको विकासका लागि यस अघि सरकारको समेत आँखा पुग्न नसकेको राजवंशी बताउँछन् । पछिल्लो समय विरिङ नदी नियन्त्रणसंगै यहाँको विकासका लागि स्थानीय युवा र स्थानीय सरकार जुटेको छ । विरिङ नदीमा स्थायी तटवन्ध गरिएपछि गतवर्षबाट यहाँ डुवान र कटानको समस्या हल भएको छ । यस अघिका वर्षमा विरिङ खोलामा आएको वाढीले सयौं परिपरिवारलाई घरवार विहीन वनाउँदै विस्थापित गरेको राजवंशीको भनाई छ ।

वजारसंगै रहेको छ दुर्गा मन्दिर पनि । २०२० सालमा स्थानीयकै अगुवाइमा निर्माण गरिएको यो मन्दिर आफैंमा ऐतिहासिक छ । जसका कारण वजारको वीचमा रहेको यो मन्दिरलाई अहिले व्यवस्थि गर्न पहल गरिँदैछ । विकासको दृष्टिकोणले समेत पछि परेको यो ठाउँमा दुर्गाको मन्दिर निर्माण गर्दै सामुदायिक भवन बनाउने लक्ष्य लिइएको स्थानीय देवेन्द्र चम्लगाईले जानकारी दिए । एक करोड २० लाख रुपैयाँको लागतमा मन्दिरसंगै सामुदायिक भवन निर्माण गरिने चम्लगाईले बताए । विभिन्न जातजातिको वसोवास रहेको यस ठाउँको विकासका लागि सवै एक जुट हुने र सामुदायिक भवन निर्माण गर्दै यहाँका हरेक गतिविधिलाई सामाजिकीकरण गरिने चम्लगाईको भनाई छ । डाँगीवारीवासीको मात्र नभई त्यस क्षेत्रका स्वस्थानीयवासीाको आस्थाको धरोहरका रुपमा रहेको नव दुर्गाको मन्दिर जीर्ण भएका कराण मन्दिर निर्माण गर्ने उद्येश्य सहित श्रीमद भागवत महा पुराणको समेत आयोजना गरिएको चम्लगाईले बताए ।

महायज्ञबाट ५० लाख भन्दा बढी रकम संकलन गरेर डाँगीवारीको मुहार फेर्ने प्रयत्न रहन्छ स्थानीय टोम राजवंशीले भने । राजवंशी समाज विकास समिति झापका पूर्व अध्यक्ष समेत रहेका राजवंशीले डागीवारीले जिल्लामै छुट्टै महत्व राख्ने र यहाँका आदिवासीको मात्र नभई सवै जातिको आस्थाको केन्द्र भएका कराण पनि यहाँ महायज्ञको आयोजना गरिएको हो राजवंशीले भने ।

महायज्ञ सम्पन्न गर्न चम्लगाईको अध्यक्षतामा २ सय ५१ सदस्यीय समिति गठन गरिएको राजवंशीले बताए । मन्दिरका अध्यक्ष समेत रहेका उनले भने – दुर्गा मन्दिर तीन स्टेपको हुने छ । यो संगै दुई तले सामुदायिक भवन समेत निर्माण गरिने छ । सभाहल सहितको सामुदायिक भवन यस ठाउामा नभएकाले महत्वपूर्ण कार्यक्रम गर्दा यस ठाउँका स्थानीयवासी सहर केन्द्रीत हुनु परेको उनको भनाई छ ।

महायत्र सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने समितिले अनुमा नगरेको छ । महायत्रका लागि वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाई उपाध्यक्षमा तारा कार्की राई र सचिवमा टिकाराम रोक्कालाई चयन गरिएको छ । त्यस्तै समितिको सह सचिवमा कृष्णप्रसाद भण्डारी र कोषाध्यक्षमा शोभा राजवंशीलाई चयन गरिएको छ ।

मन्दिर निर्माण समितिमा देवराज कार्की, आर्थिक समितिमा महेशकुमार झा, प्रचारप्रसार समितिमा देवराज कार्की, पूजा समितिमा तारा कार्की राई, स्वयम सेवक समितिमा राजेन्द्र उप्रेती, मण्डव तथा पण्डाल समितिमा श्याम रिजाल अर्थ व्यवस्थापनमा नारायण लम्साल र अतिथि सत्कार समितिमा लेखनाथ कटुवाललाई चयन गरिएको छ ।

माघ २ गतेबाट सप्तााहव्यापी शुरु हुने महायज्ञमा पण्डित छन्दूराम भण्डारीले कथा वाचन गर्ने बताइएको छ ।

डाँगीवारीको विकासका लागि गाउँपालिकाले साथ दिने वाह्रदशी गाउँपालिका वडा नम्वर ७ का अध्यिक्ष मित्र भट्टराईले बताए । सवैको समन्वयमा डागीवारीको मुहार फेर्न लागि पर्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here