बिर्तामोड।

कनकाई नगरपालिका वडा नं. ९ घैलाडुब्बाले वडाभित्र रहेका विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बालबालिका र सुत्केरीलाई न्यानो कपडा वितरण गरेको छ ।
कनकाई नगरपालिका र वडाको साझेदारीमा ७० जनालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य राजेश आङबोहाङले जानकारी दिए । कार्यक्रममा कनकाई वडा नं. ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीले वडाका ज्येष्ठ नागरिक घटनविर राईलाई कपडा वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष राजवंशीले वडाबासीको सुख–दुःखमा आफूहरुले सदैव साथ दिने प्रतिबद्धता समेत जनाएका थिए । कनकाई नगरपालिकाबाट ४० र वडा कार्यालयबाट ३० थान गरी जम्मा ७० थान ब्ल्याङ्केट लगायतका सामग्री वितरण गरिएको बताइएको छ ।
न्यानो कपडा पाएपछि वृद्धवृद्धाले खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका थिए ।































