दुर्ईदिने सामुदायिक विपद प्रतिकार्य तालिम सम्पन्न

0
749

मेचीनगर ।

समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धि सचेतना अभिवृद्घि गर्ने, नगर क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका विपद्हरुलाई न्यूनीकरण गर्नेलगायतका उद्देश्यले दुर्ईदिने सामुदायिक विपद प्रतिकार्य तालिम मंगलबार मेचीनगरमा सम्पन्न भएको छ ।

संभावित विपद् जोखिमका बारेमा सचेतना अभिबृद्धि गर्ने , विपद्, जोखम न्यूनीकरका उपायहरुका बारेमा जानकारी गराउने तथा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ मंगलबार तालिमको मेचीनगर उप प्रमुख मीना पोखरेल उप्रेतीले उदघाटन गरेकी थिईन् ।

मेचीनगर नगरपालिकालेनगरपालिकाको सभाकक्षमा आयेजना गरेको तालिममा प्राविधिक सहयोग नेपाली सेनाको नया श्रीनाथ गण चारआलीले गरेको थियो । मेचीनगर नगरपालिका विपद् जोखिम न्यूनकिरण तथा व्यवस्थापन ऐन २०७५ बमोजिम गठित नगर विपद् ब्यवस्थापन समिति २५जना वडा स्तरीय विपद् ब्यवस्थापन समिति २ जना का दरले ३० जनासरोकारवाला प्रतिनिधीसहित सहभागी ६० जनालार्इ सह सेनानी सुरज कटुवाल, सह सेनानी डा. सर्वेश्वर रोक्काले सहजीकरण गरेका थिए ।

प्रशिक्षकहरुले विपद्को वर्गाीकरण, विपद् उद्घार कायृमा नेपाली सेनाको भूमिका, क्षमता , विपद्मा प्राथमिक उपचार, शीतलहरमा सावधानी, बाढी, पहिरो, आगो, डढेलो नियन्त्रण भूकम्पलगायतका बारेमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here