बिर्तामोड , वाह्रदशी गाउँपालिका वडा नम्वर ७ ले विपन्न परिवारका लागि न्यानो कपडा वितरण गरेको छ ।

गाउँपालिकाको ५० हजार रुपैयाँ वजेट र वडा कार्यालयको दुइ लाख ५० हजार गरी तीन लाख रुपैयाँको लागतमा १२५ परिवारलाई न्यानो कपडा प्रादान गरेको वडा अध्यक्ष मित्रराज भट्टराईले जानकारी दिए ।
उनले विपन्न समुदायका लागि एक एक थान कम्वल, टोपी, स्वीटर, ज्याकेट लगायतका सामग्री प्रदान गरेको बताएका छन् ।

वडा सचिव पुजन वरालसहित सदस्यहरु पूर्णवहादुर थापा, फेदुलाल राजवंशी, तारादेवी कार्की लगायतले न्यानो कपडा वितरण गरेका थिए ।































