दुर्गामन्दिरमा घुर ताप्ने व्यवस्था

0
560

लक्ष्मीपुर।

विर्तामोडको मुक्तिचोकस्थित दुर्गामन्दिर परिसरमा कनकाई क्याम्पस बिर्तामोडको प्रायोजनमा सोमवारवाट घुर ताप्ने व्यवस्था गरिनुको साथै निशुल्क दाउरा वितरण गरिएको छ ।

हिउँदको कठाङ्ग्रिदो जाडोलाई मध्यनजर गर्दै दुर्गा मन्दिर परिसरमा दुईवटा घुर (अगेनु) मा दाउरा र मुढा वालेर आगो ताप्ने व्यवस्था मिलाइएको दुर्गा मन्दिर तथा कनकाई क्याम्पस विर्तामोडका संस्थापक शिक्षासेवी जयनारायण ढुंगानाले बताए ।

आफ्ना दिवंगत पितृहरुको नाममा निर्माण गरिएको सो मन्दिर परिसरबाटै निःशुल्क दाउरा समेत वितरण गरिँदै आएको अञ्जना ढुंगानाले बताइन् । स्थानीयवासी, बटुवा लगायतले आगो ताप्नुको साथै मन्दिरवाटै जनही एक भारी दाउरा समेत उठाएर घर लैजाने व्यवस्था गरिएको क्याम्पस स्रोतले जनाएको छ ।

यो व्यवस्था माघेसक्रान्तिसम्म गरिने भएको छ । घुर ताप्ने व्यवस्था गरिएको पहिलो दिनमा नै बिहान–बेलुका सयौं मानिसले आगो तापेको र २०÷२५ परिवारले दाउरा समेत लगेको मन्दिरका पुजारीले जानकारी दिए । यस्तै कनकाई नगरपालिका–७ दुर्गापुर बजारस्थित ई–भिलेज केन्द्र परिसरका समेत आगो ताप्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय सार्वजनिक नर्सरीवाट दाउरा आपूर्ति गरी दैनिक सयौं सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाइएको ई–भिलेज केन्द्र दुर्गापुरका प्रवन्धक अमृत योङहाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here