सुन्दर साकोसका १५ सदस्यलाई २५ लाख

0
538

बिर्तामोड।

सुन्दर बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुलाई मंगलवार स्वरोजगार अभिमुखीकरण गराएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले सुन्दर साकोसका सदस्यहरुलाई स्वरोजगार अभिमुखीकरण गरेका हुन् । बेरोजगार मानिसलाई रोजगार बनाउन तथा युवालाई आत्मनिर्भर बनाउन राज्यले स्वरोजगार कोषको अवधारणा ल्याएको सापकोटाले सुनाए । कोषले युवा सशक्तिकरण पनि गराइरहेको सापकोटाको भनाइ छ ।

सुन्दर साकोसले स्वरोजगार कोषबाट दोस्रो चरणमा २५ लाख रुपैयाँ सहुलियत कर्जा लिएर १५ जना सदस्यलाई प्रदान गर्ने तयारी गरेको छ । सुन्दर साकोसका अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा सहकारी क्षेत्रमा क्रियाशील पत्रकार गोपाल काफ्लेको प्रमुख आतिथ्यमा उक्त स्वरोजगार अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।

तालिम उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख अतिथि काफ्लेले स्वरोजगार कोषबाट कर्जा लिएका सदस्यहरुले उद्देश्य अनुसार लगानी गरी व्यवसाय गर्नुपर्ने बताए । कुखुरा पाल्छु भनेर फारम भरेर कर्जा लिएका सदस्यले मोटरसाइकल किन्न वा छोराछोरीको विवाह, ब्रतबन्धमा रकम खर्चिएको पाइएमा संस्थाले मात्र नभई कोषले पनि क्षमा नदिने पत्रकार काफ्लेले बताए ।

संस्थाका व्यवस्थापक दुर्गा पोखरेलले सञ्चालन गरेको अभिमुखीकरण तालिम कार्यक्रममा अध्यक्ष खनालले तीन वर्षको लामो अवधिका लागि प्रदान गरिने २ लाख रुपैयाँ कर्जाको साँवा ब्याज नियमित बुझाएमा उल्टै सदस्यले ब्याजमा पनि छुट पाउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here