महिला चेतना बहुउद्धेश्यीयको नाफा ३२ लाख बढी

0
593

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ मा रहेको महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा बुधबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष निलाकुमारी दाहालको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य समितिकी उपाध्यक्ष पार्वता भट्टराईले व्यक्त गरेकी थिइन् ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष दाहालले, वार्षिक नीति तथा कार्यक्रम र बजेट संस्थाकी व्यवस्थापक उमा थापाले र लेखा समितिको प्रतिवेदन समितिकी संयोजक सोमन लूँइटेलले गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको चुक्ता शेयर पूँजी एक करोड ६१ लाख ५७ हजार एक सय २० रुपैयाँ, निक्षेप चार करोड ९७ लाख ४२ हजार सात सय ५८ रुपैयाँ, कर्जा लगानी छ करोड छ लाख ८० हजार चार सय ३३ रुपैयाँ, जगेडा कोषमा ५८ लाख सात सय ३९ रुपैयाँ, अन्य कोषमा ५० लाख छ हजार चार सय ५० रुपैयाँ र कर्जा जोखिम कोषमा आठ लाख ७३ हजार छ सय ४८ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा जम्मा आम्दानी एक करोड ६८ लाख १२ हजार छ सय चार रुपैयाँ र जम्मा खर्च एक करोड ३५ लाख ५३ हजार नौ सय २९ रुपैयाँ र खुद नाफा ३२ लाख ५८ हजार छ सय ७५ रुपैयाँ आर्जन गरेको संस्थाले चालु आर्थिक वर्ष ०७६÷०७७को लागि आम्दानी एक करोड ९३ लाख ८८ हजार, जम्मा खर्च एक करोड ४७ लाख ९६ हजार तीन सय रुपैयाँ र सञ्चालन नाफा ४५ लाख ९१ हजार सात सय रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण सभामा पेश गरेको थियो ।

सोही सभाको अवसरमा ज्येष्ठ शेयर सदस्यद्धय अम्बिकादेवी बराल र कृष्णकुमारी निरौलासँगै एक लाख ५० हजार बराबरको चार धुर जग्गा संस्थालाई प्रदान गर्ने जग्गादाता वेदमाया कट्टेललाई सम्मानित गरिएको थियो । त्यसैगरी अन्य सम्मानित हुनेहरुमा असल उद्यमीतर्फ अनिता राई, अम्बिका मगर, कल्पना उपरकोटी, झमककुमारी मोक्तान, दिलकुमारी घिसिङ, देवीमाया सञ्जेल, नर्वदा बस्नेत, यामकुमारी मानन्धर, रोहिणी गौतम र शान्ता तामाङ तथा उत्कृष्ट निक्षेपतर्फ इन्दिरा दवाडी, मिना दुलाल, रतनकुमारी भट्टराई, राधादेवी पौड्याल र वछालादेवी रिमाल रहेका छन् ।

सभामा अर्जुनधारा–७ वडा समितिका अध्यक्ष नवराम ढुंगाना “नविन”, नगर पशुपंक्षी मतस्य तथा कछुवा विकास शाखाका प्राविद्यिक वेनुप बस्नेत, नगर सहकारी संघ समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, समाज कल्याण संघका अध्यक्ष कमलप्रसाद सुवेदीलगायतको आतिथ्यता रहेको थियो । सभाको सञ्चालन समितिकी सचिव गीता अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here