काँकरभिट्टाका डीएसपी कार्कीको विदाई

0
734

काँकरभिट्टा ।

आफ्नो कार्यकालमा मेचीनगरलाई व्यवस्थित र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सफल भएको भन्दैं इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीलाई ट्राभल संघ झापाले विदाई गरेको छ ।

२६ जेठमा इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आइपुग्नु भएको प्रहरी नायव उपरीक्षक कार्कीले नौमहिनाको अवधिमा आफ्नो क्षेमा पुर्याएको योगदान तथा स्थानीयवासीको जीउधनको सुरक्षमा खेलेको सकरात्मक भूमिकाको उच्च मुल्याङ्कनसहित होटल रियाजमा संघले विदाई कार्यक्रम राखेको थियो ।

संघका अध्यक्ष निरबहादुर कार्कीको सभापतित्वमा भएको विदाई मन्तव्य राख्दैं प्रहरी नायव उपरीक्षक कार्कीले स्थानीयवासीको खुशी र हासो नै आफ्नो सन्तुष्टी भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा आफ्नोक्षेत्राधिकारभित्र कुनै ठुल्ठुला दुर्घटना नभएको, विष्फोटका घटना नभएको अवैधरुपमा हुने चोरी निकासी पैठारीलाई नियन्त्रण गर्न सफल भएको, नगरलाई प्रविधिमैत्री बनाउन सिसि क्यामराको जडान गरेको तथा अव्यवस्थित यातायात पार्किङलाई व्यवस्थित बनाउन सफल भएको विचार राख्नुभयो ।

यसमा नगरवासी तथा विभिन्न व्यवसायीहरुले देखाएको सहयोग, सहकार्य, र समन्वय आफुले कहिल्यै नभुल्ने उहाँको भनाई थियो । आफु जहाँ गएपनि मेचीनगरवासीको साथ सहयोगलाई सधै सम्झिरहने उहाँको भनाई थियो । प्रहरी नाव उपरीक्षक कार्कीको प्रहरी प्रधान कार्यालय नक्शाल प्रहरी महानिरीक्षकको गृह प्रवन्ध शाखामा सरुवा भएको छ ।

अब इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड तात्कालिन जिल्ला प्रहरी कार्यालय काठमाण्डौं वर्तमान काठमाण्डौ परिसरबाट आउने प्रहरी नायव उपरीक्षक राजेन्द्र पी पोखरेलले सम्हाल्नु हुने छ । यसअघि कार्कीलाई दर्जनभन्दा बढी संघ संस्थाले विदाई गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय वाणिज्य संघका मेचीनगर अध्यक्ष रामबहादुर तामाङ, संघका उपाध्यक्ष विजय सुवेदी कोषराज सिटौलालगायतले बोल्नुभएको थियो भने सञ्चालन संघका कोषाध्यक्ष पेमा तामाङले गर्नुभएको थियो । कार्यक्रममा संघकातर्फबाट मायाको चिनोसहित खादा पहिर्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here