‘आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी’

0
549

बिर्तामोड।

आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि खुल्लातर्फका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले आफ्ना एजेण्डा बुधवार सार्वजनिक गरेका छन् ।

बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले मुलुकमा विधि निर्माण गर्न र प्रजातन्त्र स्थापनाका लागि नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले जनताको मौलिक हकको प्रत्याभूतिका लागि नेपाली कांग्रेसको उपस्थिति राष्ट्रियसभामा आवश्यक रहेको र पहुँचका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फेले मुलुकको आर्थिक समृद्धिका लागि घिमिरे योग्य व्यक्ति भएकाले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाएको बताए । आगामी माघ ९ गतेका लागि राष्ट्रियसभाको निर्वाचन तय भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रदेश नं. १बाट खुल्लातर्फ राजेन्द्र घिमिरे, दलिततर्फ निरवहादुर विक (विमल धमला) र महिलातर्फ मिना पुलामीको उम्मेदवारी दर्ता भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here