भद्रपुर।
झापाका दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन् ।
कचनकवलले आफ्ना नीति तथा कार्यक्रममै पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा बिदा दिने निर्णय गरेको र सोही अनुसार बिदा दिइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।
त्यस्तै हल्दिबारीले शुक्रवार सबै जनप्रतिनिधिको सहमतिमा पुस २७ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।
‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन्, उहाँको जन्म जयन्तीमा स्थानीय तहले मात्र होइन सरकारले नै बिदा दिनुपर्ने हो’– अध्यक्ष लिङ्देनले भने ।































