६९ पटक रक्तदान गर्ने लुइँटेल सम्मानित

0
786

सुरुङ्गा ,
६९ औं पटक रक्तदान गर्ने झापाको बिर्तामोड निवासी ओमप्रकाश लुइँटेल सम्मानित हुनु भएको छ ।

उहाँलाई आज सहारा नेपाल सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारण सभाको अवसरमा सम्मान गरेको हो । १ नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वोले सम्मान पत्र प्रदान गर्नुहुँदै उहाँले गरेको अनुकरणीय कामको प्रशंसा गर्नुभयो । लुइँटेल झापामा सबैभन्दा बढी रक्तदान गर्नु मध्येमा पर्नुहुन्छ ।
रगत अभावमा मृत्यु शैयामा छटपटाइ रहेका मानिसलाई रक्तदान गर्दै नयाँ जीवन दिलाउन र मानवीय सेवामा लुइँटेलले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here