युवाको प्रयासले नेपाल एकीकरण

0
767

कृष्णप्रसाद ढकाल,

गोपालवंश, अभीरवंश, किरातवंश र लिच्छबिवंश लगायतको शासन रहेको नेपालमा पुनःएकीकरण र केन्द्रीय शासन कमजोर हुनासाथ थुमहरुले स्वतन्त्र भएको घोषणा गरिहाल्ने कारण राज्यको यकिन सीमा नदेखिएता पनि बेला–बेला नेपालको बाटो भएर भारत भ्रमण गर्ने चिनीयाँ यात्री युवानचाङको यात्रा वृत्तान्त अनुसार नेपाल वर्तमान नेपाल जत्रै रहेको देखाएको छ । भारतका मौर्यसम्राट समुद्रगुप्तबाट (९३५ई.)मा उत्तरप्रदेश प्रयागको स्तम्भलेखमा आसामदेखि कुमाउँसम्मको भू–भाग नेपालको भएको उल्लेख छ, जसले नेपालको सीमा फराकिलो रहेको दर्शाएको छ । इशाको ११औं शताब्दीतिर केन्द्रीय शासनको कमजारीले मुलुक तीन भागमा बाँडियो पश्चिम कर्णाली क्षेत्रमा खसमल्ल राज्य, दक्षिणमा कर्णाटवंशी राजा नान्यदेवको सिम्रौनगढ र उपत्यकाको नेपाल मण्डल, फेरि बाइसे, चौबीसे हुँदै अझ धेरै भागमा टुक्रिंदै गयो ।

बाइसे, चौबीसे राज्यहरु र सेनावंशीय राज्यहरु बाहेकै उपत्यकाभित्र तीन शक्तिशाली राज्यहरु थिए, जसमा चौबिसे राज्य लमजुङको छिमेकी गोरखा नै सानो र कमजोर हो, तापनि राजा पृथ्वीनारायण शाहको अदम्य साहस र एकीकरण अभियान थालनीको अठोटको अगाडि सानो हुन पाएन । विद्वान ज्योतिषी कुलानन्द जैसी (ढकाल)को साइत, गोरखाली जनताको राजाप्रति रहेको असिम श्रद्धा, विश्वास र सहयोगकै कारण नुवाकोटसँगै उपत्यका वरिपरिका मकवानपुर, किर्तिपुरसहित धेरै ठाउँहरु बिजय गरे ।

किर्तिपुर बिजयबाट झस्किएका कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजसँग सहयोग मागे । गोर्खाली फौजसँग युद्ध गर्न टिप्राको लडाइंका बिजयी योद्धा कप्तान किनलकको नेतृत्वमा पठाइएको दुई हजार चार सय फौज सिन्धुलीगढीको पौवागढीमा पसिना पुछ्दै उकालो चढ्दै थियो । राजा पृथ्वीनारायण शाहको आदेशमा वीरभद्र उपाध्याय र शिकारी बंशुगुरुंग नेतृत्वको पाँच सय जतिको गोरखाली फौजको सिस्नो र अरिङ्गालो गोलोसहितको अप्रत्याशित आक्रमणबाट अत्तालिई भाग्दा एक हजार छ सय अंग्रेज फौज मरे, जसमा केही हातहतियारसहित तीन सय बन्दुक गोरखाली फौजलाई प्राप्त भयो ।

फलस्वरुप आनन्दसँग इन्द्रजात्रापर्व मनाउँदै गरेका समयमा मध्यरातमा गोर्खाली फौजले तीनतिरबाट कान्तिपुरमा आक्रमण ग¥यो । नरदेवीतर्पmको फौजको नेतृत्व स्वम् राजा पृथ्वीनारायण शाहले गरेका थिए । सामान्य झडपमै वि.स. १८२५ कात्तिक १३ गते आइतबार इन्द्रजात्राको राति दरबार घेरेको चार घण्टामै बिजय प्राप्तगरी पृथ्वीनारायण शाह हनुमान ढोकाको न्हुछेदरबार अगाडिको डबलीमा राखिएको कान्तिपुरको राजसिंहासनमा बसे ।

यो बिजयको झण्डै एक बर्षपछि राजा पृथ्वीनारायण शाहका कान्छो भाइ शूरप्रताप शाह, सेना प्रमुख वंशराज पाँडे र केहरसिंह बस्नेतको नेतृत्वमा एक हजार पाँच सय गोर्खाली फौजले भक्तपुर आक्रमण ग¥यो । युद्धको तेश्रो दिन भक्तपुरको धेरै क्षति भइसकेको देखेर आहत भएका राजा रणजीत मल्लले दरवारको भ्mयालबाट आफ्नो पगरी देखाएर आत्मसमर्पण जनाए । यसरी भक्तपुर समेतको बिजयबाट उपत्यका एकसुत्रमा बाँधियो, एउटा सिङ्गो राज्य भयो र शाहकालको एकीकरण अभियानमा नेपालको पहिलो र महत्वपूर्ण बिजयले पूर्णता पायोे ।

मल्लकालीन राजा यक्षमल्लले पनि मुलुक एकीकरण गरेका थिए, तर उनको निधनपछि छोराहरुले राज्य एकापसमा बाँडेर भोगचलन गरे । पृथ्वीनारायण शाहले चाहेको भए यो विजित मुलुकको नाम नेपाल नराखी भाइहरुमा त्यसरी नै बाँडेर सबैलाई खुशी बनाउन सक्थे, तर त्यसो नगरी राज्य फेरि टुक्रिन नपाओस् भनी दरिलो नियम स्थापित गरिदिए । युद्धभूमि मै जीवन न्यौछावर गर्नुपर्दा सन्तानहरुको शिक्षा–दीक्षामा ध्यान पु¥याउन सकेनन् फलतः छोरा युवराज प्रतापसिंह शाह अयोग्य शासक हुनपुगे, नाती राजेन्द्रबिक्रमको पनि शिक्षा–दीक्षा राम्रो हुन सकेन । युद्धभूमि मै जीवन बिताएर पनि अन्तिमकालसम्म राज्यभाग नपाउँदा भाइहरु पनि यिनीसँग रिसाए, जतिसुकै पीडा व्यहोर्नु परेको भए पनि उनको चिन्तन, स्वभाव र आचरणमा स्वार्थ कहिल्यै देखिँएन ।

राजा पृथ्वीनारायण शाहका १२ बर्षीय साइँला भाइ दलमर्दन शाहको हातको तरवारबाट नुवाकोट उमराव सेनाप्रमुख शंखमणि राणा ई.सं.१७४४ को २६ सेप्टेम्बर शनिबार बिहान भएको पहिलो युद्धमा मारिएपछि बिजयी खुशियालीसँगै यस एकीकरण अभियानको ‘जेठी तरवार’ उनैको भयोे, भनी इतिहासले उल्लेख गरेको छ । ‘तँ केटाकेटी छस् लडाईंमा जानुहुँदैन घर जा’ भनिएका बालकले सिपाही चढेको नौकामा लुक्दै त्रिशुली तरेर पहिलो नुवाकोट युद्धको अन्त्य गराइदिए । सेना प्रमुखको मृत्यु भएपछि मल्ल सेनाको भागदौडले सहजै नुवाकोट मातहतमा आएको थियो ।

राजा पृथ्वीनारायण शाह गोरिल्ला युद्धमा निपुर्ण रहेका अनेक दृष्टान्तहरु छन्, तर युद्ध सहज हुँदैन, एकपटक ज्योतिषी कुलानन्दले साइत नदिँदा सल्लाह बिना नै युद्धमा होमिएर कालुपाण्डे जस्ता दुरद्रष्टा सहयोगी गुमाए, आफू पनि शत्रुपक्षको घेरामा परे । तापनि अटल विश्वास र उद्देश्यमा कहिल्यै विचलित देखिएनन् । यस्ता राष्ट्रिय एकताका प्रतिक, राष्ट्रनिर्मातालाई मुलुकले राष्ट्रिय पर्वका रुपमा सम्झनुपर्छ । विगतका केही बर्षमा भुल्न खोजेको भैंm देखियो, यस्तो अवस्था अब फेरि दोहोरिन दिनुहुँदैन । यसै महान एकीकरणको सफलताको कारण हामी नेपाली आज विश्वसामु परिचित हुने अवसरबाट गौरवान्वित हुन सकिरहेका छौं ।

नुवाकोटको पहिलो बिजयमा पृथ्वीनारायण शाह २१ बर्ष लाग्दै थिए । यिनका सेनापती कालुपाण्डे ३१ बर्षका थिए, भिमसिंह थापाका छोरा अमरसिंह थापा १८ बर्षको उमेरमै सरदार पद पाएर युद्धमा होमिएका थिए । १२ बर्र्षीय साइँला भाइ दलमर्दन शाहको हातको तरवारबाट नुवाकोट सेना प्रमुख शंखमणि राणा नै मारिए । यसरी युवा जोस–जाँगरबाट एकीकृत नेपालको सञ्चालन अब समयको परिवर्तन समेतलाई मध्यनजर गरी हेर्दा शिक्षित युवाको दरिलो काँधमा जानुपर्छ, यो अपरिहार्य छ ।

विश्वका कैयौं मुलुकहरु– फ्रान्स, फिन्लैण्ड, कोष्टारीका, भूटान लगायतमा शिक्षित युवाहरुको नेतृत्व बढ्दै गएको र त्यहाँको विकासको तिव्रता अनुकरणीय देखिएकाले नेपालका हाल विद्यमान दलहरुले पनि आन्तरिक संगठनमा र नेतृत्वमा शैक्षिक मापदण्डहरु तयार गरी इच्छुक शिक्षित समूहलाई आकर्षण गर्नुपर्छ । अझ सांसद पदका लागि स्नातकोत्तर तह उत्तिर्ण हुनैपर्ने बाध्यकारी ब्यवस्था अवलम्बन गर्नसके, यो नै राष्ट्रिय एकताको महत्वपूर्ण अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ति प्रति सच्चा श्रद्धाञ्जलि अर्पण हुनसक्छ । अस्तु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here