पर्यटक लोभ्याउदै झापाको दोमुखा

0
1851

विनोद सापकोटा/ झापा ।

प्रकृतिको अनुपम उपहार नै हो दोमुखा । डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता । वरिपरी वन जङ्गलको साथ अनि मनै छुने चराचुरुङ्गीको आवाज । चरे पहाडको फेद । केही सानो वस्ती अनि नजिकै कलकल बग्ने कनकाईको पानी ।

दोमुखा मनोरम दृष्यावलोकन गर्न सकिने झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १० पर्यटकीय हिसाबले निकै महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । पुर्वको यो प्राकृतीक रमणीय स्थलबाट ईलामको हरियो बन र तराईको समथर भुभाग देख्न सकिन्छ । पुर्व कनकाई नगरपालिका र उत्तरमा ईलामको माई नगरपालिकाको सिमानामा पर्ने यो स्थल दक्षीण र पश्चिममा शिवसताक्षी नगरकै भुभाग पर्छ ।

दोमुखा पर्यटकीय स्थलका रुपमा मात्र होइन । फलफुल तथा कृषी उत्पादन तथा धार्मीक हिसावले पनि उत्तिकै महत्वपुर्ण ठहरीएको छ । निकै आकर्षक, मनमोहक र सुन्दर दृश्य देखिने दोमुखामा बार्है महिना सर्वसाधरणले चिसोको अनुभव गर्छन । हिम श्रृङ्गखला बाट तराई झरेकी कनकाई माईको चिसो कलकलाउने पानीले यहाँ आउनेलाई सितलता प्रदान गर्छ । २०३३ सालमा कोरीयाली सरकारले निर्माण गरेको कन्काई सिचाई प्रणालीको हेडबक्स ले दोमुखाको सुन्दरता थपिएको बताउछन स्थानीय बासीन्दा ।

उत्तरमा हरियो पहाड दक्षीणमा तराईका परम्परागत रुपमा निर्माण भएका घर टहराले सहरिया जिवनेलाई मन्त्र मुग्ध बनाउछ । दोमुखा धार्मीक तथा पर्यटकीय बिकास संस्थाले दोमुखाको रुप परिवर्तन गरेपछी त आन्तरिक तथा बाह्य पर्यटकको पहिलो गन्तव्य नै दोमुखा भएको बताउछन यहाँका स्थानीय । साख गरि झापा, मोरङ्ग र सुनसरी जिल्लाका स्थानीय दोमुखा आउन रुचाउछन । सुनसरी हाँसपोसाकी धनकुमारी अधिकारीका अनुसार दोमुखा जस्तो प्राकृतीक दृश्य देखीने पर्यटकीय स्थल पुर्वमा कहि छैन ।

दोमुखामा पछिल्ला वर्षदेखी भौतिक पुर्वाधार पनी थपिएका छन । वालवालिकाका लागि चिल्ड्रेन पार्क, युवायुवतीका लागि प्राकृतिक भुभाग, वृद्ध वृद्धाका लागि चौतारी र नवदुलाह दुलहीका लागि बैष्णो देवी माता मन्दिर बनेपछी सवै उमेरका सर्वसाधरण दोमुखा आएर आनन्द लिने गरेका छन । दोमुखामा आएर गीत बजाएर नाच्नु छुट्टै मजा हुने गरेको बताउछीन सुनसरी चतराकी सुस्मा नेपाली । उनका अनुसार दोमुखा हाम्रो लागि पहिलो रोजाईको पर्यटकीय स्थल हो ।

सरकारले सन २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको छ । प्रदेश नम्बर १ मा कयौ पर्यटकीय स्थल सरकारको पर्यटक घुमाउने सुचिमा परेपनी दोमुखा भने त्यो सुचिमा परेन । साताको १ दिन शनिवार मात्र ५० हजार आन्तरिक पर्यटक आउने गरेको बताए दोमुखा धार्मीक तथा पर्यटकीय बिकास संस्थाका बरिष्ठ उपाध्यक्ष गुमान शिँह खुलालले । ‘करोडौ, अर्वौ रुपैयाँ खर्च गरेर व्यवसायीक रुपमा स्थापीत कृतीम पर्यटकीय स्थललाई सरकारले घुम्न योग्य सुचिमा राख्यो । समितिका वरिष्ठ उपाध्यक्ष खुलालले भने दोमुखा जस्तो सदावहार पर्यटकीय क्षेत्रलाई नत संघिय सरकारले चिन्यो नत प्रदेश सरकारले नै ।’

दिनभर दोमुखा परिसरमा बनभोज मा रमाएर कनकाई नदिको कलकलाउदो पानीमा माछा पार्ने आन्तरिक पर्यटकको दोमुखामा कमी छैन । दिनहुँ युवा युवती रमाईलोको लागि नजिकैको कनकाई नदिमा पाईने माछा संग रमाउछन । समितिका अनुसार पुस,माघ, साउन र भदौमा पानी खेल्ने आन्तरिक पर्यटक चिसो र वर्षाका कारणले प्रभावित भएपनी अन्य ८ महिना उत्तिकै भेटिन्छन । सप्तरी, सिराहा, धनकुटा, ईलाम मात्र होईन दोमुखा आउने वाहिय पर्यटकको संख्या पनि उत्तिकै छ । दोमुखामा आउने सवै भन्दा धेरै वाहिय पर्यटक भारतीय नागरिक हुन । यो संख्या पनि पछिल्ला वर्ष देखी बढेको छ । आसाम, मणीपुर, दार्जेलिङ्ग, गान्तोक, सिक्कीम, सिलीगुडी देखीका वाहिय पर्यटक बनभोजका लागि बासै वस्ने गरि आउने गरेको समितिका सचिव धनकुमार ढकालले ।

साप्ताहिक र सार्वजनिक विदाका दिन दोमुखाका बनभोज स्थल भरिभराउ नै हुन्छन । सरकारी तथा गैह्र सकारी संस्थाका कर्मचारी, फेम्ली लगायत अन्य सामाजिक संघ संस्था, सामुदायीक विद्यालय र संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी अनी अभिभावक दोमुखा आउने गरेका छन । मोरङ्ग कानेपोखरी गाउपालिका स्थीत पिनाकल अंग्रेजी बोर्डिङ्ग स्कुलका संचालक उमेश पौड्यालले प्रकृतीले दोमुखालाई धनी बनाएको बताए ।

दोमुखा देखी उत्तर तर्फको चुरे पहाड मा मोटरेवल सडक छ । कतिपय युवायुवती त्यै सडक हुदै चुरेको जंगलमा चरा चुरुङ्गी हेर्न जाने गरेका छन । पौड्यालका अनुसार स्थानीयले सरसफाईमा ध्यान दिए १ नम्बर प्रदेशको पहिचान का रुपमा दोमखा स्थापित हुन्छ । पुर्वपश्चिम राजमार्ग देखी ४ किलो मिटर पश्चिमी रतुवामाई वृक्षारोपण आयोजनाको जंगल र पुर्व तर्फको मानव वस्ती छिचोले पछि दोमुखा पुग्न सकिन्छ । सरकारले दोमुखा र पुर्व तर्फको धनुषकोटी धाम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरेपछी सेल्फी खिच्नेको भिड नै हुन्छ । झोलुङे पुलमा सेल्फी फोटो खिच्दै गरेकी दुहवीकी बविता सरदारले भनिन् यो फोटो मेरो जिवनमा नौलो भएकाले फेसवुकमा पोष्ट गर्छु । उनले जिवनमा झोलुङ्गे पुल देखेकी थिईनन् ।


भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारमा स्थानीय सरकारले प्राथमिकता नदिएको स्थानीयले गुनासो गरेका छन् । दोमुखा आउनेहरुको संख्या वर्षेनी बढ्दै गए पनि सरकारले पर्यटकीय गन्तव्यमा यो क्षेत्रलाई पार्न नसकेको बताउछन स्थानीय । बैसाख १ र माघ १ अर्थात माघे सक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । माघेस्रक्रान्तिको दिन प्रायः नदी, खोला, कुवामा गएर स्नान गरि शुद्ध हुने भएकाले यस स्थानमा पनि त्यस दिन नुहाउने पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । स्थानीय र समितिकै सक्रियतामा बैसाख १, माघ १ र जनवरी १ मा प्रत्येक वर्ष लोकनृत्य, नाचगान गरि आन्तरीक तथा वाहिय पर्यटकहरुलाई स्वागत तथा रमाईलो प्रदान गरिदै आएको स्थानीय सुरज थापाले बताएका छन ।

पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानमा आवश्यक भौतिक संरचनाको निमार्ण गरि स्थानीय तहले नियमित आन्तरिक आम्दानीको श्रोतको रुपमा विकास गर्न आफू लागि परेको शिवसताक्षी नगरपालिका वडा नम्बर १० का अध्यक्ष कर्णवहादुर थापाले बताए । उनले स्थानीय,प्रदेस र संघिय सरकारले वर्षेनी पर्यटन प्रवद्र्धन र भौतिक पुर्वाधार निर्माणका लागि वजेट दिएर संरचना निर्माण भईरहको बताए ।

दोमुखामा सिजनमा एक दिनमा हाल सम्मको रेकर्ड अनुसार ११५ वटा बनभोेजको टोली आएको दोमुखा धार्मीक तथा पर्यटकीय बिकास संस्थाले जनाएको छ । समितिका अध्यक्ष धनप्रसाद लावतीले दिएको जानकारी अनुसार मंसिर देखी फागुनको प्रत्येक शनिवार र सार्वजनिक विदाका दिन दुईपाग्रे बाहेक साना ठुला गरि ३ सय सवारी साधनको भिड लाग्ने गरेको छ । ति दिनमा कम्तिमा १० हजार सर्वसाधरण बनभोजमा रमाउने गरेका छन ।
कार्यलयको तथ्याङ्क अनुसार हाल सम्म सवै भन्दा वढी भारतीय पर्यटक दोमुखा आएका छन । जर्मन, नेदरल्यान्ड, अमेरिका, फ्रान्स लगायतका मुलुकबाट पनि पर्यटक दोमुखा आएको कार्यलयले जनाएको छ । यो क्रम पहिल्यै देखीको हो । सरकारले २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेपनी दोमुखालाई सरकारको कार्यक्रमले नछोएको बताउन अध्यक्ष लावती । उनले भने, ‘दोमुखा आउने आन्तरिक तथा वाहिय पर्यटकको संख्या अघिल्ला वर्षकै तुलनामा छ सरकारको कार्यक्रमले खासै प्रभाव दोमुखामा पारेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here