उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका–१२ की ४० बर्षीया सुन्तली बोट मृत फेला परेकी छन् ।
माछा मार्न भनी बरुवा खोलामा गएकी बोट बेलुकासम्म पनि फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बरुवा खोलाको दोभानमा मृत फेला परेकी हुन् ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































