कनकाई वनको २२ औं सभा

0
573

सुरुङ्गा ।

कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको २२ औै साधारणसभा सम्पन्न भएको छ ।

उक्त वन समूहको कार्यालय परिसरमा भएको सभामा प्रमुख अतिथि झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवाले वन समूहहरु परम्परागत ढंगबाट मात्र नभएर नवीनतम सोचका साथ अघि बढ्न जरुरी रहेको बताए ।

वनबाट काठ र दाउरा मात्र लिने होइन, अन्य वैकल्पिक रोजगार र आम्दानीका बाटाहरु पनि सोच्नुपर्नेमा साँवाले जोड दिए । ‘हरियो वन नेपालको धन’ भनिए पनि वर्षेनि करोडौंका फर्निचर बाहिरी मुलुकबाट आयात गर्नुपर्ने नियतिबाट मुक्ति खोज्नुपर्ने उनको राय थियो ।

सभाको अध्यक्षता समेत गरिरहेका वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थापक अध्यक्ष केदारप्रसाद गिरीको पहलमा २०४८ सालमा तराईका सामुदायिक वनमध्ये पहिलो सामुदायिक वन समूहमा हाल ३ हजार ३३ घरधुरी आबद्ध छन् भने वनको क्षेत्रफल २ सय ६७ दशमलब ६ हेक्टर रहेको छ ।

अध्यक्ष ओलीले वनक्षेत्रमा हुने वनपैदावर चोरीनिकासीमा शुन्य सहनशिलता अवलम्बन गरिएको र अनाधिकृत रुपमा हुने चरीचरणलाई शुन्यमा झारिएको बताए । उनले कनकाई धार्मिक तथा सांस्कृतिक वनस्पति संग्रहालय तथा जडीबुटी क्षेत्र, कनकाई सामुदायिक विज्ञान तथा पर्यापर्यटकीय क्षेत्र विकास अन्तर्गत विज्ञान पार्क निर्माण, स्थानीय तह कनकाई नगरसँग सहकार्य गरी खानेपानी एवम् विद्युत विस्तार, सौर्यबत्ती जडान, सिचाइँका लागि बोरिङ्ग गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष ओलीले कनकाई विज्ञान पार्क निर्माणका लागि पहिलो चरणमा माननीय एलपी साँबामार्फत सांसद विकास कोषबाट ५० लाख रुपैयाँ प्राप्त भएको सभामा जानकारी गराएका थिए ।

सो अवसरमा पत्रकारिताका माध्यमद्वारा वन समूहलाई पु¥याएको योगादनको कदर गर्दै स्थानीय सञ्चारकर्मी चन्द्र बस्नेतलाई नगरसहित सम्मान गरिएको थियो । त्यसै गरी, समूहमा उत्कृष्ट कार्य गरी कर्मचारी विष्णुप्रसाद दाहाललाई नगर पुरस्कारसहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट हुने कनकाई माविका ३ जना विद्यार्थीहरुलाई नगर पुरस्कारसहित सम्मान गरिएको थियो ।

त्यसरी सम्मानित हुनेमा उच्च अंक ल्याउने आकृति अधिकारी (३.८५ जीपीए) र लेविचन मैनाली (३.७५ जीपीए) एवम् जेहेन्दार छात्रका रुपमा हरिप्रसाद कडरिया रहेका छन् । कार्यक्रममा वन समूहको सेवाक्षेत्रभित्रका फरक क्षमता भएका अस्मिता खरेल, मोटुमाया राई, सदानन्द दर्जी, किसन मुर्मू, ज्येष्ठ नागरिकहरु शरणबहादुर कटुवाल (८९), अजक्ति मगर (९०), मोतीप्रसाद रिजाल (८१), बखतमाया राई (७०), केदारनाथ मिश्र (९९), कोशिला बुढाथोकी (९१), , शंकर उप्रेती (८५) र दिव्यश्वरीदेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा सो वन समूहको कपिल मैनालीको नेतृत्व रहेको तेस्रो कार्यकालका पदाधिकारी तथा सदस्यहरुलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापा, नेपाली कांग्रेसका नेता देउकुमार थेबे, वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, रोटरी क्लब अफ सुरुङ्गाका प्रेसिडेन्ट कुमारमणि पोखरेल, जामुनावारी वन समूहका अध्यक्ष खेमराज सिटौला, साहित्यकार मित्रप्रसाद दाहाल, सल्लाहकार कविता बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभाको बन्दसत्रले अध्यक्ष ओलीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक एवम् समूहका कोषाध्यक्ष प्रकाश थापाद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन, विधान तथा कार्ययोजना संशोधन सम्बन्धी प्रतिवेदन पारित गरेको थियो ।

समूहका उपाध्यक्ष ललितबहादुर कार्कीद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रम सचिव मान्ता खरेलले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here