माइबेनी मेलाबाट १२ महिलासहित ३२ जना पक्राउ

0
1012

भद्रपुर,

झापाको माइबेनी मेलाबाट शंकास्पद गतिविधि गरेको आरोपमा १२ महिलासहित ३२ जना पक्राउ परेका छन्।

माघे संक्रान्तिको अवसरमा कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा लागेको माइबेनी मेलाबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

कनकाई पुल पूर्वपट्टीको सुरुङ्गाबाट ९ र पश्चिम पट्टीको झिलझिलेबाट २३ जना पक्राउ परेका हुन्। पक्राउ पर्ने अधिकांश भारतीय नागरिक रहेको खुलेको छ।

प्रहरीका अनुसार मेला स्थलमा शंकास्पद गतिविधि गर्दै आइरहेका उनीहरूले मोबाइल, पर्स, गरगहनालगायतका सरसामान लुट्ने तथा चोर्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘शंकास्पद गतिविधिको आरोपमा पक्राउ पर्ने अधिकांश भारतीय नागरिक हुन्’, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले भने, ‘मेलास्थलमा जडान गरिएको सिसी क्यामेराको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएका हौं।’

‘प्रविधियुक्त सुरक्षा योजनाका कारण उनीहरूले मेला स्थलमा लुट्न तथा चोर्न पाएनन्’, उनले भने। यता पक्राउ परेका ३२ जनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here