बुद्धशान्ति ।

धेरैले आफ्नो जन्मदिन ठूलो तामझाम गरेर मनाउने गर्छन् । जन्मदिनलाई यादगार बनाउन मोटो रकम खर्र्च गर्ने प्रचलन पछिल्लो समय नेपाली समाजमा पनि बढेको छ । तर झापाको बुद्धशान्ति–५ का वडा सदस्य डेगेन्द्र कार्कीले आफ्नो ४१ औं जन्मदिनको अवसरमा विहिबार दुई उदाहरणीय सेवा मूलक कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
वडा सदस्य कार्कीले आप्mनो जन्मदिनलाई यादगार बनाउन बुद्धशान्ति–५ खारखोलाका एक विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् भने शव बहान खरिद गर्न ५ हजार १ सय रुपैंया सहयोग गरेका छन् ।
बुद्धशान्ति–५ का वडाध्यक्ष बाशुदेव खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा उनले आर्थिक रुपमा अति नै विपन्न पृथ्वीदल कुमालको परिवारको स्वास्थ्य बिमा गरिदिएका हुन् भने जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिलाई शव बहान खरिदका लागि ५ हजार १ सय रुपैंया प्रदान गरेका हुन् । उनले जन्मदिनमा सामाजिक सेवा गर्ने मन भएको र त्यहि अनुरुप आफूले सहयोग गरेको बताए ।

त्यस्तै कार्यक्रमका सभापति वडाध्यक्ष बाशुदेव खतिवडाले जन्मदिनलाई सेवाभावले पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको प्रति खुसी व्यक्त गर्दै सबैलाई आप्mनो जन्मदिनमा सेवाभावमा लाग्न अनुरोध पनि गरे । बुद्धशान्ति–५ को गौतमबुद्ध प्राविमा भएको कार्यक्रम सोहि विद्यालयका प्रधानाध्यापक प्रदुम्न भट्टराईले सञ्चालन गरेको कार्यक्रममा पूर्वेली साप्ताहिकका सम्पादक तथा जोइन्ट हेन्ड युथ सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले पनि वडा सदस्य गौतमको कार्य उदाहरणीय भएको बताए ।
कार्यक्रममा बुद्धशान्ति–५ की वडा सदस्य देउमाया दर्नाल, जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाई, सदस्य राम भट्टराई, केशव तिम्सिना, सञ्चारकर्मी आयुष निरौला लगायतको आतिथ्यता थियो ।































