शनिश्चरेमा नैतिक बर्थडे हाउस

0
620

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा शुक्रबारदेखि नैतिक बर्थडे हाउस सञ्चालनमा आएको छ ।

प्रारम्भिक लगानी १० लाखको लागतमा युवा व्यवसायी बलराम शाहले शनिश्चरे सपिङ कम्प्लेक्समा सञ्चालनमा ल्याएको उक्त हाउसको प्रमुख अतिथि अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतमले उद्घाटन गरेका थिए ।

सञ्चालक शाहका अनुसार उक्त हाउसमा जन्मदिन मनाउन आवश्यक सम्पूर्ण सामग्रीसँगै अमूल ब्राण्डका आईसक्रिम, क्याडबरीका चकलेट, ब्रिटानीयाका सम्पूर्ण आईटम, गिफ्ट आईटम, चिसो पेय पदार्थलगायत पाइने बताइएको छ ।

सो हाउस बर्थडे सम्बन्धी सम्पूर्ण सामग्री पाइने नगरपालिकाकै पहिलो पसल भएको दावी गर्दै यसले स्थानीयहरुलाई बिर्तामोड पुग्नुपर्ने समस्या समाधान भएको चेम्बर अफ कमर्स अर्जुनधाराका सदस्य प्रकाश श्रेष्ठले बताए ।

उक्त हाउसबाट एक हजार भन्दा बढीको सामग्री खरिद गर्ने नगरपालिकाभित्रका विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा पाँच प्रतिशतसम्म छुट दिइने सञ्चालक शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here