नमूना सामुदायिक वनमा महिला उपसमिति गठन

0
915

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९मा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूह अन्र्तगत रहने गरि नमूना सामुदायिक वन महिला उपसमिति गठन भएको छ ।

सामुदायिक वनको संरक्षणसँगै समूह अन्र्तगत रहेको आठ वटा महिला समूहको नेतृत्व र उनीहरुको आयआर्जनमा वृद्धी गर्ने उद्धेश्यले समूहको विधान अनुसार सो महिला उपसमिति गठन भएको समूहका अध्यक्ष भानु श्रेष्ठले बताए ।

समूहका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित भेलाले गौरीमाया चिमरीयाको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा मेनुका भारती, सचिवमा सीता चिमरीया, सहसचिवमा राधिका रिजाल र कोषाध्यक्षमा जानुका दाहाल चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा रीना श्रेष्ठ र रोमिला गिरी चयन भएका छन् । थप दुई सदस्य बैठकबाट मनोनयन गरिने नवगठित समितिकी अध्यक्ष चिमरीयाले बताइन् ।

समूहकी कोषाध्यक्ष विष्णुमाया बिमलीले स्वागत मन्तव्य व्यक्त गरेको भेलाको सञ्चालन सचिव ठकुरानी काफ्लेले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here