हिन्दूराष्ट्र बचाउन अभियान

0
1766

बिर्तामोड।

सनातन हिन्दू राष्ट्र बचाऔं महाअभियानको राष्ट्रव्यापी कार्यक्रम झापाबाट शुरु गरिएको छ ।

राष्ट्रिय संयुक्त धार्मिक मञ्च हिन्दू राष्ट्र नेपालको आयोजना तथा नेपाली नागरिक अभियान केन्द्रीय समितिको संयोजनमा झापाको कनकाई कोटीहोममा धार्मिक सभाको आयोजना गरि सनातन हिन्दू राष्ट्र बचाऔं महाअभियानको राष्ट्रव्यापी कार्यक्रम शुरु गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन अनन्त बिभुषित सन्त शिरोमणि श्रीश्री १००८ बाबा कालिदास कृष्णानन्द परमहंसले गरेका थिए । राष्ट्रिय संयुक्त धार्मिक मञ्च हिन्दू राष्ट्र नेपालका केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँ क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अनन्त बिभुषित सन्त शिरोमणि श्री श्री १००८ बाबा कालिदास कृष्णानन्द परमहंसलाई अभिनन्दन समेत गरिएको थियो ।

कार्यक्रममा बाबा कालिदासले नेपालको स्वाभिमानका लागि नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका थिए । हिन्दू राष्ट्रले विश्वकै सभ्यताको उत्कृष्ट नमूना बोकेको बताउँदै उनले नेपालको तत्कालीन आवश्यकता हिन्दू राष्ट्र भएको बताए । नेपालको धर्ममा राजनीति भएको आरोप लगाउँदै उनले मुलुकलाई कुन तन्त्र र धर्म चाहिन्छ भन्ने कुराको फैसला जनताको अभिमतबाट हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मण्डलेश्वर प्रकाशनन्द महाराज , कूलदिप शिखा, बाबुराम शर्मा, वेदपाल, प्रदीप चौहान, केशव रायमाझी लगायतले समेत नेपाललाई हिन्दू राष्ट्र कायम राख्नुपर्ने बताएका थिए । कार्यक्रममा राष्ट्रिय संयुक्त धार्मिक मञ्च हिन्दू राष्ट्र नेपालका अभियान्ताहरु हरिप्रसाद तिम्सिना, दयाराम उप्रेती, गोपाल कटुवाल, टंकप्रसाद खनाल, सूर्य भट्टराई, ठूलीबाबा खड्का, खोमादेवी पौडेल, मैया भट्टराई, डिल्लीराम पौडेल, कृष्णप्रसाद चुडाल, भागवत काफ्ले, अनिल कोइराला, विष्णु अधिकारी, तेजप्रसाद भट्टराई, देवेन्द्रकिशोर ढुंगाना, उमेश दाहाल लगायतको आतिथ्य रहेको थियो ।

सम्पूर्ण धर्म, संस्कृतिको संरक्षण गर्दै नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यले झापाबाट शुरु गरिएको सनातन हिन्दू राष्ट्र बचाऔं महाअभियानको राष्ट्रव्यापी कार्यक्रम महाकालीसम्म सञ्चालन गरिने राष्ट्रिय संयुक्त धार्मिक मञ्च हिन्दू राष्ट्र नेपालका केन्द्रीय अध्यक्ष रामचन्द्र बानियाँ क्षेत्रीले जानकारी दिए । कार्यक्रममा विभिन्न धार्मिक गुरुहरुले प्रवचन दिएका थिए भने ऐश्वर्य बानियाँ क्षेत्रीले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here