मकैको बोटदेखि उपभोक्ताको ओठसम्म

७ माघ २०७६, मंगलवार मा प्रकाशित

रामचन्द्र उप्रेती,

विगतमा मैले ‘गोठदेखि ओठसम्म’ भन्ने शिर्षकमा लेख लेखेको थिएँ । अहिले ‘मकैको बोटदेखि उपभोक्ताको ओठसम्म’ लेख लेख्न आवश्यक ठानें । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाबाट म र लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था ललितपुरबाट कृष्ण भण्डारी ६ जनवरी २०२० देखि १० जनवरीसम्म भारतको दिल्लि हँुदै कर्नाल र पंजावको लुदियानासम्म आधुनिक गाई फार्मको अवलोकन गर्न गयौं । हामीलाई अगुवाई गर्ने, बाटो देखाउने, सहजीकरण गर्ने र ठाउँमा पु¥याउने कामको जिम्मा लिनुभएको थियो एनिमल फार्म इक्युपमेण्ड उत्पादन र बिक्री गर्ने स्वीडेनको डेलावल कम्पनीका नेपालका प्रतिनिधि उमेश कटुवाल (पोखरा)ले गर्नु भएको थियो । यो अवलोकन भ्रमणमा लागि मलाई झापाका पाथीभरा गाई फार्मका सञ्चालक सुदिप गौतमले सल्लाह दिनुभएको थियो ।

हामी किन अवलोकनका लागि गयौं ? लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले विगत चार–पाँच वर्ष पहिलेदेखि चितवनको सौराहा नजिक करिब पाँच सय वटा गाईपालन गरेको छ । केही वर्ष पहिले हाम्रो संस्थाबाट त्यहाँ अवलोकन गर्न गएका थियौं । त्यसबेलो त्यो निकै भव्य लागेको थियो । हामीले जनही एक सय रुपैयाँ तिरेर त्यो फर्म अवलोकन ग¥यौं । मेसिनले गाई दुहेको र दुहुने बेला भएपछि गाई आपैm लाइनमा लागेको देख्दा अचम्म पनि मानेका थियौं । त्यतिबेला हामीले एनएमसी डेरी उद्योग सञ्चालनमा ल्याइसकेकाले यस्ता गाई फार्म हाम्रा आकर्षणमा पर्ने गर्थे ।
अहिले कस्तो संयोग परेको छ भने लालिगुराँस सहकारीले डेरी प्रोसेसिङ प्लाण्ड राख्दैछ । केही महिनाभित्रमा चालू हुने अवस्थामा छ र एनएमसीले गाई फार्म बनाउन शुरु गरेको छ । केही महिनामा यो चालू हुने अवस्थामा पुग्छ । लागिगुराँसले विगतको आफ्नो अनुभवका आधारमा गाई फार्ममा सुधार गर्नुपर्ने देख्यो । किनकि त्यसले सोचे जस्तो उत्पादन दिएको छैन । यता हामीले देखेका धेरै गाई फार्म एकपछि अर्को बन्द हुने र भएका पनि संकटमा पर्ने गरेको देखेका छौं ।

एनएमसीले गाई फार्म सञ्चालन गर्नै छ । केही समय घाटामा गए पनि अन्तत्वगत्व त्यो गाई फार्म आफ्नै आम्दानीले चल्नु पर्छ । अरुका लागि नमूना बन्नुपर्छ । अरुले यहाँबाट सिक्न पाउनुपर्छ । यसले सदस्यलाई यो व्यवसायमा आउन प्रोत्साहित गर्नु पर्छ । एनएमसीले शुरु गर्ने, केही वर्ष चलाउने र नाफा भएन भनेर बन्द गर्ने हो भने यो घातक हुन्छ । त्यसैले यसबारेमा राम्ररी बुझेर सफल हुने गरी मात्रै यो गाई फार्म एनएमसीले सञ्चालन गर्नुपर्छ । एनएमसीलाई असफल हुने छुट छैन । त्यसैले सफल र असफल फार्महरुको अवलोकन, छलफल, सिकाईका लागि निकै महत्वपूर्ण छन् ।

लालिगुराँस गाई फार्म देशकै ठूलो गाई फार्म भए पनि त्यो फार्मको डिजाइन पुरानो ढाँचाको भएकाले कतिपय आधुनिक मेसिनको प्रयोग गर्न अनुपयुक्त भएको पाइयो । मेसिनको प्रयोग हुन नसक्दा लागत बढी हुने, पशु आहारको मिक्सिङ राम्रो नहुने समस्या भएको रहेछ । मिल्किङ पार्लर इन्सटल गर्ने कम्पनीको छनौट ठीक नभएकाले उसले दिएका मेसिनले सही सलामत काम नगरेकाले समस्या भएको पाइयो । आहारका लागि घाँसको खेती त गरियो । तर, साइलेज बनाउने प्रविधिमा नगएकोले समस्या भएको जानकारी पाइयो । दानाका लागि आपैmले मिक्चर मेसिन राखेर उत्पादन गरे पनि दानाको मिलावटमा नै समस्या हो कि भन्ने परेको रहेछ । यी सबैको नतिजा उत्पादनमा पर्ने गरेको रहेछ । त्यसैले अब के गर्ने भन्ने बारेमा सिक्न, जान्न, बुझ्न र प्रयोग गर्न त्यहाँका सिनियर व्यक्तित्व कृष्ण भण्डारी आपैm जानु भएको रहेछ । उहाँसँग मेरो चिनजान यही भएको हो । यो यात्रामा मैले उहाँबाट पनि धेरै कुरा सिक्न पाएँ ।

गएको दिन दिल्लीको बास भयो । त्यहाँ डेलाबेलका नेपाल हेर्ने प्रतिनिधि आएका थिए । बेलुका होटलमा सँगै बसे । भोलिपल्ट ७ जनवरीमा हामी पञ्जावको लुदियानाका लागि प्रस्थान ग¥यौं । बाटामा पर्ने कर्नालमा रहेको भारत सरकारको भारतकै ठूलो दुधालु पशु सम्बन्धी रिसर्च सेण्टर (ल्म्च्क्ष्, नेशनल डेरी रिसर्च इन्स्टिच्युट)को अवलोकन गर्ने मौका मिल्यो । यहाँ बिभिन्न जातका गाईभैंसी पालिएको र तिनका बारेमा गहन अध्यायन अनुसन्धान गरिँदोरहेछ । यहाँ आधुनिक डेरी फार्ममा प्रयोग हुने विभिन्न प्रकारका मेसिनको प्रयोग भएको देखियो ।

साँझमा हामी पञ्जावको लुदियानामा पुग्यौं र होटलमा बास बस्यौं । बिहान एक घण्टाभन्दा बढीको यात्रा गरेर फ्रण्ट टायर गाई फार्मको अवलोकन गर्न पुग्यौं । त्यो फार्मका प्रोप्राइटर सुरेन्द्र सिंह, अन्दाजी ६०÷६५ वर्षका (पञ्जावी)सँग निकैबेर उनकै कार्यालयमा बसेर छलफल भयो । उनले आफ्ना अनुभवहरु सुनाए । २००९ देखि यो फार्म सञ्चालनमा आएको रहेछ । उनी मेकानिकल इञ्जिनियर भएर पनि यो पेशामा रमाएका रहेछन् । उनको फार्ममा अहिले झण्डै आठ सय गाई (बाच्छाबाच्छी समेत गरेर) भएको जानकारी दिए । गोठको अवलोकन ग¥यौं । चारघण्टा जति समय हामीले त्यहाँ विताएका थियौं ।

उनको फार्मको विशेषता खोज्ने क्रममा मैले देखेंका कुरा यस्ता छन् –
१) पशुको आहारका लागि साइलेज बनाउन १५ वटा निकै ठूला–ठूला बंकर (साइलोपिट) रहेछन् । किसानले मकैको बोट (घोगा लागेर दानामा दूध पसेपछिको अवस्थाका) बेच्न ल्याउने र उनको फार्मले मकैका बोट प्रति क्विण्टर भारतीय रुपैयाँ १७०÷१७५ मा फार्ममा किन्ने गरेका रहेछन् । सिजनमा यस्तो मकै बिक्री गर्न सयौं किसान टेक्टरमा मकैका बोटको चाङ लिएर आउँछन् र यस्ता बोट मसिनो गरी काटेर साइलेज बनाउन दैनिक सयौं मानिसले काम पाउने गर्दा रहेछन् । दर्जन जति मेसिनले मकैका बोटलाई टुक्रा–टुक्रा पार्ने काम हुने रहेछ । यहाँ पालिएका गाईको मुख्य आहार नै यो साइलेज रहेछ । यसरी बनाएको साइलेज बर्षभरि खुवाउन सकिने रहेछ ।
२) साइलेजका अतिरिक्त पशुलाई दाना पनि खुवाउने गरिँदोरहेछ । यस्तो दाना पशुको वजन र अवस्था अनुसार फरक–फरक हुने रहेछ । आफ्नो फार्मलाई चाहिने दानाको उत्पादन गर्ने उनको आफ्नै र त्यहीं परिसरभित्रै दानाको फ्याक्ट्री रहेछ । दाना बनाउने मकै र त्यो मकैमा मिसाउने विभिन्न पोषणतत्वको मात्रा मिलाएर दाना बनाउने गरिँदोरहेछ । उनले भने मकै पनि राम्रो चाहिन्छ । ढुसी परेको, अस्वस्थ मकैबाट दाना बनाउँदा चाहिने तत्व कम हुने मात्रै होइन रोग आउने गर्छ । त्यसैले दाना बनाउन प्रयोग गरिने सबै कच्चा सामग्री सही हुनुपर्ने र त्यसमा राम्रो ध्यान दिएको बताए ।
३) सिजनमा संकलन गरेर राख्ने गरेको गहुँको छ्वाली(नलको टुक्रा)को चाङ देखियो । उनको भनाईमा गहुँ, चना, मुङ लगायतका बोटको संकलन गरेर मसिनो पारी राख्ने गरेको रहेछ ।
४) फार्ममा यतिका पशुलाई नजिकै भण्डारण गरिएका यी पशु आहार ट्याक्टर र टिएमआर मेसिनको सहायताले मिक्स गर्ने, ढुवाने गर्ने र पशुले खान सक्ने गरी दिन दुई जना मानिसले काम गर्दा रहेछन् । सम्पूर्ण गोठको सफाई गर्न एक थान टेक्टर र तीन जना मानिस (ट्याक्टर चालक सहित)ले पूरा गर्दा रहेछन् ।
५) आधुनिक गाई फार्ममा पशुलाई दाम्लाले बाध्ने गरिँदैन भन्ने जानकारी थियो । त्यसको प्रयोग यहाँ देखियो । हुन त यस्तो प्रयोग दमकस्थित पाथीभरा गाई फार्ममा पनि शुरु भएको छ ।
६) मिल्किङ (गाई दुहुने काम)का लागि जम्मा चार जना जति मानिसले काम गर्दा रहेछन् । यहाँ आधुनिक मिल्किङ पार्लर छ । एक पटकमा १६ गाईलाई दुहुन सकिने यी पार्लरमा उच्च प्रविधि प्रयोग भएको रहेछ । गाईको सम्पूर्ण अवस्था र विवरण फार्मका पशुको सेवा गर्ने डाक्टर र व्यवस्थापनले यहाँ प्रयोग गरिएको सफ्टवेयरबाट पाउँदा रहेछन् । कुन गाईको अवस्था के छ, कति दूध दियो, हिजो कति थियो, दूधको गुणस्तर आदिका बारेमा त्यो मेशिनमा जडान भएको सफ्टवेयरको सहायताले थाहा पाउने रहेछन् । गाईमा सानो पनि समस्या देखिने बित्तिकै त्यसको कारण खोज्न गाईलाई हन्जाबाट अलग्गै पार्ने र उपचार एवम् कारण खोज्ने गरिदो रहेछ ।
७) यसरी दोएको दूध सोभैm चिस्यान केन्द्रमा पुग्ने र तुरुन्तै चिसो पारिने रहेछ । यसो गर्दा दूधको गुणस्तर एकदमै राम्रो हुने भयो नै ।
८) यो फार्मको अर्को विशेषतामा यसले कच्चा दूध भरसक बिक्री गर्दा रहेनछन् । दूध प्रशोधन गर्ने, प्याकेजिङ गर्ने उद्योग छ । भएको दूध प्रशोधन र प्याकेजिङ गरेर बजारमा खासखास स्थानमा पठाइँदोरहेछ ।
९) पशुको हेरचाह र उपचारका लागि पशु डाक्टरको नियमित सेवा छ ।
१०) गाईको नश्लका लागि छानिएका ब्रिड स्टोर गरिएको छ । गाईको एआई कुन समयमा कसरी गर्ने राम्ररी ख्याल गरिन्छ ।
११) फार्ममा स्वास्थ बाच्छी योजना बनाएरै हुर्काइन्छ ।

मकैको बोटदेखि उपभोक्ताको ओठसम्मको शुद्धता र स्वच्छतामा एकदमै ध्यान दिएर काम गरेको पायौं । कार्यालय, गोठ, उद्योग सबै स्थान व्यवस्थित र सफा थिए । गोवर र गहुँत अलग्गै संकलन र स्टोर गरेर किसानलाई बिक्री गर्ने गरेको रहेछ । हामीलाई जाँदाजाँदै उनले भने– यहाँ काम गर्ने सबै मानिस वेल ट्रेन छन्, राम्रो सेवासुविधा पनि छ । सबैले राम्ररी आफ्नो काम गर्छन् । तर, नियमित वा आकस्मिकरुपमा काम कसरी भएको छ भनेर हेर्ने, पशुको भाषा बुझ्ने काम मालिकले गर्नैपर्छ । अरुको भरमा मात्रै काम गराउनुभयो र मालिकको रेखदेख कम भयो भने त्यसको नतिजा केही दिनमा देखिन थाल्छ । उनको काम र अनुभवले हामीलाई निकै प्रभावित बनायो ।

दिउसोको खाना खाएर फेरि हामी अर्को अलि सानो फार्म हेर्न पुग्यौं, निकै टाडा । त्यहाँ एक सय ९३ पशु थिए । त्यहाँका मालिक (अनर) क्यानडा बस्दा रहेछन्, फार्ममा मेनेजर पशु डाक्टर रहेछन् । हामी पुग्दा उनी गोठमै गाईको जाँच गरिरहेका थिए । उनले पनि राम्रो रेस्पोन्स गरे । यो फार्म अलि सानो भएर पनि अभैm हाइटेक प्रयोग भएको पायौं । यहाँ गोवर सोर्न र गोठ सफा गर्न मेसिनको प्रयोग गरिएको रहेछ । यो फार्ममा पनि माथि उल्लेख गरिएका धेरै विशेषता थिए, तर आफ्नै दाना फ्याक्ट्री र दूध प्रशोधनको उद्योग थिएन ।

पशुपालनका लागि त्यहाँको भन्दा हाम्रो मौसम बढी अनुकूल पायौं । त्यहाँ न्यूनतम् २ डिग्री र अधिकतम ४८ डिग्री सेल्सियस तापक्रम हुने रहेछ । मकैको खेती यहाँ पनि गर्न गराउन सकिन्छ । बेल साइलेजको उद्योग चलाउन प्रदेश नं. एक सरकारले राम्रै रकम छुट्याएको छ । त्यसको सही सदुपयोग गरेर बेल साइलेज उद्योग चलाउने हो भने घर–घरमा दुई–चार माउ गाईभैंसी पाल्ने साना–साना किसानलाई पनि सहज हुनेछ । घाँसको अभाव भएको समयमा यस्ता साइलेज उपयोगी हुनेछन् । सहकारी र स्थानीय पालिका मिलेर पशुको उपचार, बिमा, नश्ल सुधार, बाच्छी हुर्काउने जस्ता काममा राम्रो योगदान गर्न सक्छन् । दूधका प्रशोधन गर्ने उद्योग बढेका छन् । यिनले किसानले उत्पादन गरेको दूधको प्रशोधन गर्ने, परिकार बनाउने काम गरेर बजामा उपभोक्ताको नजिकमा पु¥याउने काम गरिरहेका छन् ।

दूध उत्पादन बढी र बजारमा खपत कम भएको समयमा मिल्क होलिडे गर्न नपरोस् भनेर मिल्क पाउडर कारखानाको संख्या बढाउनेतिर सरकार लाग्नु पर्छ । भएका पाउडर प्लाण्ट पूर्ण क्षमतामा चलाउने र अरु थप्न सहकारी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्ने गर्नुपर्छ । डेरी व्यवसायको यो शृंखलामा (मकैको बोटदेखि उपभोक्ताको ओठसम्म) धेरैले रोजगारी पाउने, उत्पादन बढ्ने, किसानको आय बढ्ने र उपभोक्ताले गुणस्तरीय वस्तु सुरक्षित उपभोग गर्न सक्ने अवस्था बन्छ र यो व्यवसाय शृंखलामा धेरै सम्भावना छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here