‘प्रदेश सरकार विद्यालयको गुणस्तर विकास गर्न तयार’

0
612

अर्जुनधारा।

सामुदायिक विद्यालयहरुको गुणस्तर विकासको निमित्त भौतिक पूर्वाधार निर्माण र प्रविद्यिमैत्री विद्यालय बनाउने कार्यमा प्रदेश सरकार अगाडि बढेको प्रदेश १ सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताइन् ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको बुधबारदेखि सुरु भएको ७२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यमन्त्री गजमेरले सो कुरा व्यक्त गरेकी हुन् ।
उनले टाढाबाट आउने विद्यार्थीहरुको लागि आवश्यक रहेको स्कूल बसको व्यवस्थापन गर्न समिति आशावादी भएको महसुस गर्दै आगामी दिनमा सो कार्य पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका राज्यमन्त्री गजमेरले विद्यालयले प्रकाशित गरेको मुखपत्र ‘उषा’को लोकार्पण गरेकी थिइन् ।

त्यसैगरि शिक्षक–कर्मचारीतर्फ वर्ष उत्कृष्ट हुने विद्यालय सहयोगी ज्ञानबहादुर खड्कालाई नगद सात हजार पाँच सयबाट सम्मानित गरिएको कार्यक्रममा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको थियो ।

वितरण गरिएको छात्रवृतिहरुतर्फ गत वर्षको एसईई परीक्षामा उत्र्तीण भई सोही विद्यालयको कक्षा ११मा अध्धयनरत् छात्रा सविता थापा (जीपीए ३.०) र छात्र चन्द्रप्रकाश अधिकारी(जीपीए २.९)लाई खगेन्द्र–विभा वृत्ति विकास पुरस्कार र लोकनाथ–हेमकला वृत्ति विकास पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

छात्रा थापालाई खगेन्द्र–विभाको १० हजार छ सय र लोकनाथ–हेमकलाको सात हजार दुई सय र छात्र अधिकारीलाई खगेन्द्र–विभाको सात हजार दुई सय र लोकनाथ–हेमकलाको पाँच हजार चार साय वितरण गरिएको थियो । त्यस्तै छत्र थापा स्मृति पुरस्कारबाट गत वर्षको एसईई परीक्षामा उत्कृष्ट हुने छात्र सुसन दाहाल(३.०५) र छात्रा समिता साउदेन(३.००)लाई जनही नगद १७ सयबाट पुरस्कृत गरिएको थियो ।

त्यस्तै रुद्र तोरण स्मृति पुरस्कारबाट गत वर्षको फाइनल परीक्षामा विद्यालय प्रथम हुने विद्यार्थी अंकित पौड्याल र आदिवासीतर्फ प्रथम हुने विद्यार्थी शान्ता तामाङलाई जनही तीन हजार प्रदान गरिएको थियो ।

प्रधानाध्यापक चेतामणी खनालले विमोचन भएको मुखपत्र ‘उषा’सँगै विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पूर्व वन राज्यमन्त्री वीरमणी ढकाल, पूर्व सांसद् केदारमणी ढकाल, नगर उपप्रमुख कमला खतिवडा आचार्य, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष मोहन पौड्यालीलगायतको आतिथ्यता रहेको थियो ।

शिक्षक पूण्य सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का शिक्षक कपिल तिम्सिनाले गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सव अन्र्तगत बिहीबार सरस्वती पुजा तथा अक्षरारम्भ अभियानसँगै मैत्रीपूर्ण भलिबल र शुक्रबार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here