विद्यालयको बार्षिकोत्सवमा रेडक्रसलाई सम्मान

0
1092

बिर्तामोड ।

झापाको बिर्तामोड २ चारपानेमा रहेको विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई सम्मान गरिएको छ ।

विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा गत माघ १४ गतेबाट सञ्चालन भइरहेको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई सम्मान गरिएको हो ।

विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयमा रहेका वटुक तथा त्यहाँ आउने पाहुनाहरुको आवासका लागि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले २५ थान खाट , १५ थान कम्वल , १० थान म्याट उपलव्ध गराएको भन्दै नेपाल रेडक्रस सोसाइटी झापा शाखालाई सम्मान गरिएको संस्थाका सचिव भरत भट्टराईले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ खनालको अध्यक्षता तथा विवेकाश्रमका धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्रप्रसाद चुडाल , कोषाध्यक्ष हेम खड्का , विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयका महासचिव लयेन्द्रप्रसाद भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा सञ्चालन भइरहेको श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा देवघाटधामका प्रमुख डा.गुरुप्रसाद सुवेदी र विवेकाश्रमका धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमको प्रमुख कथावाचन तथा पं मातृकाप्रसाद सुवेदीको उपवाचकत्व रहेको छ ।

श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ आगामी माघ २१ गते समापन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here