शिवसताक्षी ।

निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) झापाको खेलकुद विधाको च्याम्पियन छनौटका लागि जिल्लाका सवै पालिकामा धमाधम निजी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भईरहेका छन ।
शिवसताक्षी नगरमा पनी खेलकुदका विभीन्न विधाबाट २२ निजी विद्यालय मध्ये ६ वटा नगर च्याम्पियन बनेका छन । प्याव्सन शिवसताक्षी नगरको आयोजनामा नगरका तीन खेल मैदानमा भएका प्रतियोगिताबाट ति विद्यालय छनौट मा परेको प्यासन नगरका अध्यक्ष अमृतप्रसाद तिम्सीनाले बताए ।
माईधारको मेची, रेडरोज, धु्रवतारा, पशुपती, चेतना, क्याम्व्रीजले विभिन्न विधाको खेलमा नगर स्तरीय प्यावसनको उपाधी रक्षा गरे । शुक्रबार देखी शुरु फुटवल, क्रिकेट, भलिवल, टेवल टेनिस र एथलेटिक्स विधाका खेलमा विद्यालय छनौट भएका हुन । पालिकावाट छनौट भएका विद्यालय जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुने छन । प्यावसन झापाका अनुसार जिल्ला स्तरिय प्रतियोगिता आगामी फागुन ५, ६ र ७ गते दमकमा हुने छ ।
माईधारको केएनके खेलमैदानमा भएको फुटवल प्रतियोगिताबाट रेडरोज ईलिस वोर्डिङ्ग स्कुलले धु्रवतारा आवासिय माविलाई ट्राईव व्रेकरमा २ का विरुद्ध ३ गोल गर्दे शिवसताक्षी प्याव्सनको उपाधी हात पारेको छ । अव, रेडरोजले जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने मौका पाएको छ ।
यस्तै क्रिकेट खेलमा रेडरोजलाई हराउदै झिलझिलेको पशुपति ईलिस वोर्डिङ्ग स्कुलले उपाधी रक्षा गरेको छ । उसले रेडरोजलाई २ विकेटले हराउदै जिल्ला स्तरीय उपाधी होडमा उक्लीएको हो । यता, रेडरोजलाई हराउदै चेतना माविले छात्रा तर्फको भलिवलको उपाधी हत्याउको छ भने छात्र तर्फको उपाधी धु्रवताराले रक्षा गर्यो । धु्रवताराले दिक्षान्त ईलिस वोर्डिङ्ग स्कुललाई हरायो ।
टेवल टेनिस विधाको खेलमा ध्रुवताराले उपाधी जित्यो । एथलेटिक्स तर्फ छात्र र छात्रा तर्फको युगलको दुवै उपार्धी धुवताराले जितेको छ । यता मावि तर्फको एथलेटिक्स सिङगल छात्र मेची ईलिस वोर्डिङ्ग स्कुल माईधार र छात्रा तर्फको चेतना मावि व्याङ्गडाडाले जितेको छ । यस्तै निमावि तर्फको एथलेटिक्स सिङगल र डवल दुवै तर्फको उपाधी मेचीले हात पारेको छ ।
शिवसताक्षी नगरपालिकाको दुईलाख सहयोग पाएको प्याव्सन नगरको कार्यक्रम नगरकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आथिथ्यता र नगर शिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रसासकिय अधिकृत सुरेन्द्र दाहालको उपस्थितीमा भएको थियो । शिवसताक्षी नगर प्याव्सन का अध्यक्ष अमृतप्रसाद तिम्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका प्याब्सन उपाध्यक्ष मिलनकुमार ढुँगाना, झापा जिल्लाका प्यावसन उपाध्यक्ष रामहरी घिमिरे, सचिव जनार्दन ढकाल, ईष्टु झापाका अध्यक्ष होमराज खतिवडा, लगायतको उपस्थिती थियो ।
शिवसताक्षी नगरप्यावसन का वरिष्ठ उपाध्यक्ष राम सुहाङको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव दिगम पराजुलीले संचालन गरेका थिए । पर्यटन भ्रमण वर्षलाई सफल वनाउन नगर व्याव्सन ले दोमुखा, माईधार र मिलनचोक लगायतका खेलमैदानमा प्रतियोगितात्मक खेलकुद आयोजना गरेको सो समितिले जनाएको छ ।


























