बेलायती मेयरको स्वागतमा काँकरभिट्टा सरसफाई

२६ माघ २०७६, आईतवार मा प्रकाशित

झापा।

भगिनि सम्बन्ध विस्तार गर्न बेलायतबाट आउने मेयरको स्वागतको लागि काँकरभिट्टा सरसफाई गरिएको छ ।

झापा जिल्ला टूाभल्स एजेण्ट संघको आयोजनामा आईतबार काँकरभिट्टाको क्याम्पस रोड, टाँसी छाईलिङ्ग गुम्बा हुँदै काँकरभिट्टा खानेपानी परिसरसम्म सरसफाई गरिएको हो । सोमवार मेचीनगर नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न आउने बेलायती टोलिलाई स्वागत गर्ने उद्धेश्यले उक्त सरसफाई गरेको झापा जिल्ला टूाभल्स संघका अध्यक्ष नेत्र कार्कीले बताउनुभयो ।

बेलायतबाट फोक्स्टन टाउन नगरपालिकाका मेयर जेकीमोड, भगिनी सम्बन्ध विस्तार समितिका संयोजक धनकिरण गुरुङ्ग, फोक्स्टन सिटिका उद्योग वाणिज्य संघका अध्यक्ष रेगौसन, आइटि इन्जिनियर ओलीभर विल्सन र भगिनि सम्बन्ध विस्तार समितिका सचिव यो मेल्जोन लागयतको टोली झापाको मेचीनगर आउने भनिएको छ ।

सम्बन्ध विस्तार तथा भ्रमणको लागि आउने टोलीले सोमबार टाँसी छोईलिङ्ग गुम्बा तथा काँकरभिट्टा खानेपानी सरसफाई तथा उपभोक्ता समितिको कार्यालयमा जाने कार्यक्रम रहेको बताइएको छ । झापा जिल्ला टूाभल्स संघका अध्यक्ष निरकुमार कार्की (नेत्र)का अनुसार उक्त टोलिको स्वागतको निम्ती मेचीनगर स्वच्छ तथा सुन्दर बनाउनु सबैको दायित्व भएको र सरसफाई सधैँ गर्नुपर्छ भनि स्थानियलाई पनि सचेत गराउन यो कार्य गरिएको हो ।

सरसफाई कार्यक्रममा होटलव्यवसायी संघ काँकरभिट्टा, वडा कार्यालय मेचीनगर नगरपालिका ६, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था साथै स्थानीहरुको सहभागिता रहेको थियो । नगरलाई स्वच्छ तथा स्वास्थ्यकर बनाउन टूाभल्स संघको भुमिका रहने बताउँदै अध्यक्ष नेत्र कार्कीले आगामी दिनमा मेचीनगर तथा झापामा नै सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने बताउनुभएको छ ।

कार्कीले पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै सबैलाई आफ्नो घर अगाडी फूल रोप्न साथै आफ्नो वरिपरीको वातावरण सफा राख्न सबैलाई आग्रह समेत गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here