हत्या आरोपमा दुई सुरक्षाकर्मीसहित तीन पक्राउ

0
435

ओखलढुंगा,

ओखलढुंगामा व्यक्ति हत्याको आरोपमा एक प्रहरी र एक सेनाका जवानसहित तीन जनालाई पक्राउ गरिएको छ।

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको पृथ्वीबहादुर बानियाँको हत्यामा संलग्नलाई प्रहरीले छ महिनापछि तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय समेत रहेका नेपाल प्रहरीमा कार्यरत चेतबहादुर बानियाँ, नेपाली सेनामा कार्यरत सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले रहेका छन्। जिल्लाको सिद्धिचरण नगरपालिका वडा– ९ का ४१ वर्षिय पृथ्वीबहादुर बानियाँ स्वास्थ्य चौकी ज्यामिरेमा कार्यरत थिए।

बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घर नजिक मृत फेला परेका थिए। लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरि म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओेखलढुंगाले जनाएको छ।

अदालतले २ पटक म्याद थप गरिसकेको र सोमबार अदालतमा बयान सकिएको हुँदा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्या आरोपमा पक्राउ परेर हिरासत चलान भएसँगै नेपाली सेना र प्रहरीमा कार्यरत चेतबहादुर र सन्तोष जागिरबाट निलम्बनमा परी सकेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here