शिवसताक्षीमा वडासचिव निशाको विदाई

0
726

शिवसताक्षी ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ की सचिव निशा कोईराला संघ अन्तर्गतको प्लान्ट क्वारेन्टाईनमा सरुवा भएपछी उनको विदाई एक कार्यक्रमका विच गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको सभाहलमा विहीवार आयोजित विदाई कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले वडा सचिव पदमा कार्यरत कर्मचारी कोईरालावाट नगरले रचनात्मक उपलव्धी हासिल गरेको बताए ।

नगर प्रमुख शेर्माले भने, शिवसताक्षी नगरपालिकामा २ वर्ष ४ महिना रहदाँ नगरले वहाँबाट अपेक्षा गरेभन्दा राम्रो उपलव्धी हासिल गरेको छ ।’ उपप्रमुख भोजकुमारी नेपालले पनि वडा सचिव कोईरालाको खुलेर प्रसंसा गरेकी छन ।

६ वर्ष १ महिना सम्मको अवधिमा आफुले नेपाल सरकारका जुनसुकै निकायमा रहेपनी सेवा गर्ने मौका पाएपनी शिवसताक्षीबाट धेरै कुरा सिकेको वडा सचिव निषाले बताईन । उनले भनिन् ‘ शिवसताक्षी नगरबाट बाट लिएको ज्ञान, शिप र लाई विराटनगर स्थित संघ अन्तर्गत रहेको प्लान्ट क्वारेन्टाईन कार्यलयमा अन्य राष्ट्रसेवक कर्मचारी संग सेयर गर्ने छु ।

०७४ असोज २५ गते शिवसताक्षी नगरपालिका कार्यलयमा हाजिर भएकी कोईरालालाई नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहालले रमना पत्र र उपप्रमुख भोजकुमारी नेपालले मायाको चिनो प्रदान गरेकी थिईन । कार्यक्रम नगरका प्रशासन प्रमुख डिल्ली नेपालले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here