‘कैद जरिवाना’ असुल न्यून

0
403

बनेपा, 

प्रहरीले फरार अपराधी पक्रन सक्रियता देखाए पनि असुल्न बाँकी कैद र जरिवाना अत्यधिक रहेको जिल्ला अदालतको तथ्यांक छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका अनुसार, २०७६ माघ मसान्तसम्ममा कैदतर्फ एक हजार १५३ वर्ष २८ दिन लगतमा जम्मा २१२ वर्ष पाँच महिना दुई दिनको फछ्र्योट भएको र ९४० वर्ष सात महिना २६ दिन बाँकी रहेको छ । उक्त अवधिमा जरिवानाको लगत रु ७१ करोड ७६ लाख ३७ हजार ८१४ मध्ये जम्मा रु दुई करोड ४० लाख १३ कजार ८१५ अर्थात तीन दशमलव ३४ प्रतिशत मात्रै फछ्र्योट भएको छ । रु ६९ करोड ३६ लाख २३ हजार ९९९ बाँकी रहेको अदालतका कर्मचारी टेकबहादुर श्रेष्ठले बताउनुभयो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको विवरणअनुसार २०७६ माघ मसान्तसम्ममा ९०० लगत सङ्ख्या रहेकामध्ये १९ प्रतिशत र जरिवानाको जम्मा तीन प्रतिशत मात्रै फछ्र्योट भएको छ । स्रोत, साधन र बजेटको अभावका कारण फरार व्यक्तिलाई पक्राउ गर्न नसकेको श्रेष्ठले बताउनुभयो । ती विवरण जिल्लाको सम्बन्धित गाउँ÷नगरपालिकामा समेत पठाएर सहयोगका लागि आग्रह गरिरहेको उहाँले बताउनुभयो ।

यसैबीच काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार ठाकुर त्रितालका अनुसार माघ मसान्तसम्ममा अघिल्लो वर्षबाट जिम्मेवारी सरेको लगतमध्ये ८७४ र नयाँ ७३३ गरी एक हजार ६०७ मा ७२४ (४५ प्रतिशत) मुद्दाको फछ्र्योट भएको र ८८३ बाँकी रहेको छ । जसमा जिम्मेवारी सरेको मुद्दा ४५७ र नयाँ दर्ता भएको २६७ गरी ७२४ मुद्दा फछ्र्योट भएको बताउनुभयो । वर्षको ६५ प्रतिशत मुद्दा फछ्र्योट गरिसक्नुपर्नेमा माघ मसान्तसम्ममा ४५ प्रतिशत फछ्र्योट हुनु सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै निरन्तर सुनुवाइ हुने मुद्दामा ११६ मा ४६ वटा फछ्र्योट भएको, बाल इजलासमा सुनुवाइ हेर्ने मुद्दामा पाँच वटामा दुई वटा फछ्र्योट भएको र थुनुवा मुद्दामा १२० वटामध्ये ६२ वटा फछ्र्योट भएको जनाएको छ ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्नुहुँदै जिल्ला न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालले आर्थिक वर्ष २०७५÷०७६ मा सबैभन्दा बढी सम्बन्धबिच्छेदका २०० मुद्दा दर्ता भएको बताउनुभयो । सो क्रममा उहाँले अब कुन मुद्दामा कति शुल्क लाग्छ र कति समयमा फछ्र्योट हुन्छ भनेर दर्ता भएको दिनमा नै जानकारी दिने व्यवस्था गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here