मिनिरल वाटरको बोत्तलबाट पंखा

0
1249

काँकरभिट्टा,

झापा मेचीनगर— ६ काँकरभिट्टाका ११ वर्षीय एक बालकले मिनिरल वाटरको वोत्तल,विग्रीएको रेडियोको तार, ‘अनअफ’गर्ने स्वीच र व्याट्री प्रयोग गरेर पंखा बनाएका छन् ।

स्थानीय नर्थ प्वाइन्ट बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिष कार्कीले बनाएको यो पंखाले गर्मीको समयमा एकजनालाई हावा दिन्छ । मिनिरल वाटरको बोत्तललाई घोप्टो पारेर उनले राखेका छन । ‘अनअफ’गर्ने स्वीच तथा व्याट्रीलाई तारले जडान गरेका छन र पंखाको पखेटासँग जोडेका छन् । पखेटा भने एउटामात्र छ । सवैतिरको तार एकअर्कामा जोडिएपछि स्वीच अन गर्दा पंखा घुम्न थाल्छ ।

सानैदेखि यस्तै यस्तै सामान भेला पारेर केही केही बनाउन लागि रहने कार्कीले यो पंखा नबाउन तीन दिन खर्चेको बताए । पहिला उनले पुराना यस्तै सामान भेला पारेर घरमा बल बालेको कार्कीका बाबु निरबहादुर कार्कीले बताए ।

कसैले ड्रोन क्यामरा कसैले क्रेन बनाएको आशिषले पत्रपत्रिका मार्फत जानकारी पाइरहेका थिए । त्यसपछि उनी केही न केही नयाँ काम गर्न चाहान्थे र पुराना यस्तै सामान भेला गर्दथे । भविष्यमा बैज्ञानिक बन्ने लक्ष्य लिएका आशिष अब अन्य नयाँ काम गर्ने बताउछन् । छोराको यो प्रगतिबाट कार्की परिवार पनि खुशी छ ।

सानैदेखि आशिष यस्तै यस्तै सामान भेला पारेर केह िन केही बनाइरहने र अनुसन्धान गरिरहन रुचाउने बाबु निरबहादुरको भनाई छ । ‘पछि यसले केही गर्छ होला भन्ने चाँहि लाग्थयो’ बाबु कार्कीले भने—‘कहिले घरमा बल बाल्यो, अहिले पंखा बनायो । यस्तै कुरामा आशिषको रुची थियो ।’ अब विग्रीएका यस्तै सामान भेला पारेर रेडियो बनाएर बजाउने आशिषको धोको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here